१९ असार, काठमाडौँ । दक्षिण अफ्रीकाका पुर्वखेलाडी एबि डि भिलिर्यसले आफ्नो आईपिएलको वेस्ट प्लेइङ्ग इलेवन चुनेका छन । हर्षा भोगलेसँगको कुराकानीमा उनले आईपिएलको बेस्ट इलेवन चनेका हुन ।
भारतबाट उनले रोहित शर्मा, विराट कोहली, महेन्द्र सिंह धोनी विरेन्द्र शेहवाग जस्ता दिग्गज खेलाडीहरु उनले आफ्नो टिममा राखेका छन । रासिद खान, कागिसो रबडा, बेन स्टोक्स जस्ता नाम चलेका विदेशी खेलाडीलाई पनि उनले टिममा राखेका छन ।
उनले आफ्नो टिमको कप्तान भने भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनीलाई बनाएका छन ।
एबि डि भिलियर्सको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ :
विरेन्द्र सेहवाग, रोहित शर्मा, विराट कोहली, एबि डि भिलिर्यस, महेन्द्र सिंह धोनी, वेन स्टोक्स, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, कागिसा रबडा, जसप्रित बुमराह, रासिद खान ।
वि.सं.२०७७ असार १९ शुक्रवार ११:१२ मा प्रकाशित






























