back
CTIZAN AD

ओली–प्रचण्ड निर्णायक बार्तामा, मध्यमार्गी सहमति खोजीने सम्भावना

वि.सं.२०७७ असार १९ शुक्रवार

828 

shares

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता सुरु भएको छ । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको नेकपा स्रोतले जनाएको छ ।

बालुवाटारमा भएको छलफलमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्मा पनि सहभागि भएको जनाइएको छ ।

जनाइएअनुसार पार्टी विवादको समाधानका लागि मध्यमार्गी बाटोका बारेमा अध्यक्षद्वयबीच छलफल भईरहेको छ । पार्टीका दोस्रो तहका नेताले पनि पार्टीलाई फुटबाट जोगाउने गरि मध्यमार्गी धाराबाट छलफल गर्न आग्रह गरेका थिए ।

अध्यक्षद्वयबीचको छलफलमा पार्टी महासचिव विष्णु पौडेलले समन्वयकारी भूमिका खेलिरहेको बताइएको छ ।

स्थायी समिति बैठक चलिरहेका बेला बिहिबार एकाएक संघीय संसदको बैठक स्थगन गर्दै अध्यादेश ल्याउने तयारी गरिएपछि नेकपाभित्रको आन्तरिक विवाद वार कि पारको अवस्थामा पुगेको छ । स्थायी समितिका ३० सदस्यले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पार्टी र सरकारबाट राजीनामा माग्ने तयारी गरेसँगै उनले संसद स्थगन गर्दै अध्यादेशको तयारी गरेका थिए ।

वि.सं.२०७७ असार १९ शुक्रवार १२:४५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...