back
CTIZAN AD

पार्टी विभाजन रोक्न दोस्रो तहका नेताहरुको भेला, यस्तो निकाले निष्कर्ष

वि.सं.२०७७ असार १९ शुक्रवार

789 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद उत्सर्गमा पुगिरहेको बेला पार्टीका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् । नेताहरुले विवाद समाधान गर्दै पार्टी विभाजनबाट रोक्न प्रयाससमेत थालेका छन् ।

यसैबीच शीर्ष तहमा पार्टी विवादमा समाधानका प्रयास भईरहेका बेला दोस्रो तहका नेताहरु पनि विवाद समाधानका लागि बेग्ला बेग्लै भेला तथा छलफलसमेत सुरु गरेका छन् ।

दोस्रो तहका नेताको छुट्टै भेला

शुक्रबार नेकपाभित्रका दोस्रो तहका केहि नेताहरुले छुट्टै भेलासमेत राखेका छन् । कृषी तथा पशुपंक्षीमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालको सक्रियतामा शुक्रबार बिहान नेताहरुको भेला भएको हो ।

पुल्चोकस्थित भुसाल निवासमा भएको भेलामा तिनै समुहको प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता थियो । जनाइएअनुसार भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली, प्रचण्ड पक्षका जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, टोपबहादुर रायमाझी र मणि थापा सहभागी थिए ।

त्यसैगरी भेलामा माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

यस्तो छ भेलाको निष्कर्ष

भेलाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न शीर्ष नेतृत्वलाई समाधानको सुत्रसहित खबरदारी गर्ने निर्णय गरेको छ । भेलामा सहभागी नेता मणी थापाले बताएअनुसार पार्टी विवाद अन्त्यको लागि शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिँदै समाधानबारे पहलकदमी लिनेसमेत निर्णय गरेको छ ।

भेलाले पार्टीभित्रको सहमतीलाई परिपालनामा सबैको ध्यान जानुपर्ने निष्कर्षसमेत निकालेको उनले बताए । थापाले जनाएअनुसार भेलाले पार्टी एकतापूर्व र एकतापश्चात भएका सहमतीअनुसार पार्टीभित्रको विवाद खोजिनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

भेलामा सहभागीले नेताहरुबीच आग्रह पूर्वाग्रह विनै सहमतीलाई परिपालना गराउँदै महाधिवेशनसम्म जाने विकल्प खोज्नुपर्ने बताएका थिए । विवाद बढिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा माहोल सिर्जना गराउन थालेको प्रर्दशनलाई समेत रोक्नुपर्ने नेताहरुको धारणा छ ।

जनाइएअनुसार भेलाको निष्कर्षबारे नेता घनश्याम भुसालले अध्यक्षद्वय तथा शीर्ष नेतृत्वलाई जानकारी दिनेछन् ।

वि.सं.२०७७ असार १९ शुक्रवार १३:४७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...