back
CTIZAN AD

औषधि पसलेको मनोमानी, ‘रु ६० को औषधि २४०० !

वि.सं.२०७७ असार २० शनिवार

1.1K 

shares

२० असार, मेलाम्ची । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए । उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले वढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो ।

“मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ”, उनले भने, उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा रु ६० पर्ने औषधिलाई सो मेडिकलले रु दुई हजार ४०० लिएको हो । त्यस्तै सोही मेडिकलले औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ ।

यसैगरी कँुवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए । रासस

वि.सं.२०७७ असार २० शनिवार १५:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...