back
CTIZAN AD

पहिरोमा बेपत्ता सात जनामध्ये तीनको शव भेटियो, १७ घर पुरिए

वि.सं.२०७७ असार २० शनिवार

915 

shares

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो ।

गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको शव पुरिएको छ । बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको पनि उहाँले घटनास्थलबाट जानकारी दिए ।

पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् । पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन् । रासस

वि.सं.२०७७ असार २० शनिवार १५:३० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...