back
CTIZAN AD

नेकपा विवाद समाधान होला त ? ओली–प्रचण्ड जुटे निर्णायक छलफलमा

वि.सं.२०७७ असार २१ आइतवार

774 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किए लगत्तै पार्टी अध्यक्ष प्रचण्ड निर्णायक छलफलको बालुवाटार पुगेका हुन् ।

सहयोगी नेता पनि सहभागी

नेकपा स्रोतले जनाएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षको तर्फबाट दुई–दुई जना सहयोगीसमेत सहभागी छन् । छलफलमा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल सहभागि छन् भने प्रचण्डको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीको विवादास्पद अभिव्यक्तिसँगै झम्सीखेल भेलाले राजीनामा माग्ने निर्णय गरेसँगै नेकपाभित्र विवाद चर्किदैं गएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले अकस्मात संसद स्थगन गर्दै अध्यादेश ल्याउने तयारी गरेसँगै नेकपाभित्रको विवाद गम्भिर मोडमा पुगेको छ ।

यसअघि अध्यक्षद्वयबीच पार्टी विवाद समाधानको लागि शुक्रबार झण्डै चार घण्टा लामो छलफल भएको थियो । जुन छलफल सकारात्मक भएको भनिएपनि निष्कर्ष भने निस्किएको थिएन । यसबीच विवाद भने झनै बढ्दै गएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीको विवादास्पद अभिव्यक्तिसँगै झम्सीखेल भेलाले राजीनामा माग्ने निर्णय गरेसँगै नेकपाभित्र विवाद चर्किदैं गएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले अकस्मात संसद स्थगन गर्दै अध्यादेश ल्याउने तयारी गरेसँगै नेकपाभित्रको विवाद गम्भिर मोडमा पुगेको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १३:०६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...