back
CTIZAN AD

गृहकार्य सकारात्मक भएकाले बैठक स्थगीत

वि.सं.२०७७ असार २२ सोमवार

723 

shares

२२ असार, काठमाडौँ । आज सोमबार हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक बुधबार सम्मका लागि स्थगीत भएको छ ।

पटक-पटक स्थगित हुँदै आएको बैठक सोमबार (आज) ११ बजे हुने निश्चित प्राय थियो । यस बिचमा प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ३ पटक ‘वान टु वान’ वार्ता, ओली सहित शीर्ष नेताको भेटघाट, वामदेवसँगको विशेष भेट, प्रचण्ड र ओली निकट नेताहरुको भेट हुँदै आएको छ ।

नेकपाभित्र एक व्यक्ति एक पद नै लागु हुनुपर्ने आवाज कार्यकर्ताको ठूलो पंक्तिले उठाएका छन् । कोही बेरोजगार र कोही भ्याइ–नभ्याइ जस्तो भैरहेको स्थितिमा प्रधानमन्त्री केपी ओली थोरै मात्र लचक बनेमा पार्टी सुदृढ भएर जाने कार्यकर्ताको सुझाव देखिएको छ ।

ओली पक्षिय नेताहरुले पनि प्रधानमन्त्री ओली नै रहने, पार्टीले बनाएर निर्णय गर्ने तथा पार्टीका पुर्ण कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने एवं झलनाथ, माधव र बामदेव जस्ता वरिष्ठ नेतालाई सम्मानका साथ भूमिका दिने विषयमा प्रचण्डसँग सहमति जनाए पनि ओलीले त्यसलाई प्रष्ट्याउन हिचकिचाएका थिए ।

नेकपा स्थायी समिति सदस्य गणेश शाहका अनुसार एकतालाई सुदृढ गर्ने गरी गृहकार्य भैरहेकोले बैठक स्थगीत भएको हो ।

वि.सं.२०७७ असार २२ सोमवार १२:०३ मा प्रकाशित

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...