back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २२ सोमवार

729 

shares

अमेल साईनो लगाउँदा पछुतो लाग्यो,
आफ्नो भनी फकाउँदा पछुतो लाग्यो ।

जड्यो भोको पेटले नै अनैतिक नाता,
दुष्ट पौरखमा अघाउँदा पछुतो लाग्यो ।

परायाको होईन आफ्नैले मारे शन्तान,
आफ्नैले दुष्ट जुटाउँदा पछुतो लाग्यो ।

हामि पौरखीका शन्तान पसिना बेच्दा,
हृदया अचानो बनाउँदा पछुतो लाग्यो ।

थाहानै थियो स्वर्ग तुल्य छ हाम्रो देश,
युवाशक्तिलाई पठाउँदा पछुतो लाग्यो ।

सिश्नु आटो खान पाए पनि थिउँ खुसि,
छिमेकीले सदै अताउँदा पछुतो लाग्यो ।

सुखःको खोजिमा त पुग्यौँ संसार चार्न,
हामिले झनै दुखःपाउँदा पछुतो लाग्यो ।

कुन पापिले देखायो बाटो परदेश जान,
कामको लागि नै धाउँदा पछुतो लाग्यो ।

पठायौँ देशको रक्षाकै लागि उसैले पनि,
बिदशिहरु कै घर छाउँदा पछुतो लाग्यो ।

वि.सं.२०७७ असार २२ सोमवार १२:५० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...