अमेल साईनो लगाउँदा पछुतो लाग्यो,
आफ्नो भनी फकाउँदा पछुतो लाग्यो ।
जड्यो भोको पेटले नै अनैतिक नाता,
दुष्ट पौरखमा अघाउँदा पछुतो लाग्यो ।
परायाको होईन आफ्नैले मारे शन्तान,
आफ्नैले दुष्ट जुटाउँदा पछुतो लाग्यो ।
हामि पौरखीका शन्तान पसिना बेच्दा,
हृदया अचानो बनाउँदा पछुतो लाग्यो ।
थाहानै थियो स्वर्ग तुल्य छ हाम्रो देश,
युवाशक्तिलाई पठाउँदा पछुतो लाग्यो ।
सिश्नु आटो खान पाए पनि थिउँ खुसि,
छिमेकीले सदै अताउँदा पछुतो लाग्यो ।
सुखःको खोजिमा त पुग्यौँ संसार चार्न,
हामिले झनै दुखःपाउँदा पछुतो लाग्यो ।
कुन पापिले देखायो बाटो परदेश जान,
कामको लागि नै धाउँदा पछुतो लाग्यो ।
पठायौँ देशको रक्षाकै लागि उसैले पनि,
बिदशिहरु कै घर छाउँदा पछुतो लाग्यो ।