back
CTIZAN AD

दोहोरो अंकको बृद्धिसंगै सेयर बजार हरियाली

वि.सं.२०७७ असार २२ सोमवार

867 

shares

२२ असार, काठमाडौं । सेयरबजार मापक नेप्सेमा सोमबार हरियाली छाएको छ । सामुहिक लगानीकोष बाहेक सबै ११ वटा कम्पनीको सेयर मूल्य बढेपछि यस्तो अबस्था आएको हो । आज सुचिकृत भएका कूल कम्पनीमध्ये १७६ कम्पनीले ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ बराबरको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर किनबेच गरेका छन् ।

आजको कारोबारमा समग्र परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ अंकमा कायम भएको छ भने ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ६.३ अंकले उकालो लागेको छ ।

जीवन बीमा कम्पनी उपसूचक समूहका लगानीकर्ताहरुले सबैभन्दा धेरै २६६.४३ अंकले कमाए भने सामूहिक लगानी कोष उपसूचक समूहका लगानीकर्ताले सबैभन्दा धेरै ०.०६ अंकले गुमाएको नेप्सेले जनाएको छ ।

आज ग्लोबल आईएमई लघुबित्त(१२०), स्वदेशि लघु बित्त(७७), सूर्योदय लघुबित्त (६०) लगायतका लगानीकर्ताले राम्रो कमाई गरेका छन् भने बोटलर्स नेपाल (३६४), विशाल बजार कम्पनी (६३), स्वभिमान लघुबित्त(३२) लगायतका लगानीकर्ताले गुमाएका छन ।

करोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडी रह्यो । उसको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ । करोबार संख्याको आधारमा प्रभु बैंक लिमिटेडको प्रमोटर सेयर सबैभन्दा बढी करोबार भएको छ । उसको ३ लाख ६७ हजार कित्ता सेयर किनबेच भयो । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयर सबैभन्दा बढी ७४६६ पटक लेनदेन भएको छ ।

वि.सं.२०७७ असार २२ सोमवार १६:०८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...