back
CTIZAN AD

कविताः खै कहाँ छ मेरो अस्तित्व

वि.सं.२०७७ असार २७ शनिवार

954 

shares

मनभित्र दन्किएका ज्वालाहरुलाई
तस्वीर बनाएर हृदयका भित्ताहरुमा
यत्र तत्र आफैलाई सजाईरहें
आँसुका अतिवृष्टिहरुमा रूझाएर
आफैलाई खहरेहरुमा बगाईरहें ।

मनभित्रका विद्रोहहरुसँग
प्रत्येक पल्ट मान्छे भएर
बाँच्ने अन्तिम युद्द ठान्दै
अनवरत रुपमा युद्द लडिरहें
बुझ्दै युगौ देखि कसैले खोसेर
लगेको आफ्नै अनुहारको नक्सा
कुसंस्कारका ती जन्जिरहरुलाई
चुडाउन शिथिल मस्तिष्कमा उर्जा भर्दै
वर्षा यामको उर्लदो जँघार तर्न
आफूलाई शसक्त बनाईरहें ।

गरिवीका सिमाङ्कृत रेखाहरुलाई
क्यानभासमा रङ्गिन बनाउन
अहोरात्र पाईलाहरुलाई यात्रामा
निरन्तर सामेल गराईरहें ।
वेदनाको भारीले थिचिएको यो
मेरो थाप्लोको गहिरो डामलाई
कदापि थकाई मार्न दिने छैन म
म दिने छैन कसैलाईऔंठा छाप लगाएर
निशंकोच आफ्नो अनुहार माथी शासन गर्न ।

आफै लेख्नेछु बरु
निधारमा भाग्यको अन्तिम फैसला
आफ्नै कर्मको थोपा थोपा रगत र पसिनाले
र पाईलाहरु घिसार्दै पुग्ने छु अन्तिम लक्ष्यसम्म
पसिना र रगतको वीज रोप्दै र उमार्दै ।

वि.सं.२०७७ असार २७ शनिवार ०८:४६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...