back
CTIZAN AD

कविताः फेसबुक, तिमी नजन्मेको भए !

वि.सं.२०७७ असार २७ शनिवार

759 

shares

फेसबुक,
तिमी नजन्मेको भए, को गर्दो हो लाइक ?
को गर्दो हो कमेन्ट ?
म आफैं काँधमा कोदाली बोकेर झरीमा रुझ्दै भिझ्दै
गैरिखेतको हिलो, सारी रहेको हुन्थ्ये होला यतिबेला ।

तिमी छौर पो साना नानीहरू
जो आमाको गर्भबाट च्याँ गरेर भूईँमा खस्न नपाउँदै
लाइक र कमेन्ट ओइरो बर्साई दिन्छेउ
तीनै लाइक र कमेन्ट, भत्ता स्वरुप अमृत पान गरिरहेछन् आज ।

जेठानका साथीको साला र गर्लफ्रेण्डका भाईका ससुराहरूले
पाइरहेछन् पदाेन्नतीका शुभकामना ।
उनान्साठी वर्षे हजुराआमाहरु सम्धी सम्धिना
सर्म नमानी थुतुनाे बङ्ग्याएर बनाई रहेछन् टिकटक ।

अठार वर्षे नानीहरु साठी वर्षे ब्वाइफ्रेण्डका
सेता दारीमा लठ्मरिदैं छन्
र पो त यहाँ तिम्रो करामतको महत्व छ।
त्यसैले तिमिलाई हाम्रो दुनियामा धेरै धेरै स्वागत छ !
स्वागत छ फेसबुक तिमीलाई !!

वि.सं.२०७७ असार २७ शनिवार ०८:४८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...