
फेसबुक,
तिमी नजन्मेको भए, को गर्दो हो लाइक ?
को गर्दो हो कमेन्ट ?
म आफैं काँधमा कोदाली बोकेर झरीमा रुझ्दै भिझ्दै
गैरिखेतको हिलो, सारी रहेको हुन्थ्ये होला यतिबेला ।
तिमी छौर पो साना नानीहरू
जो आमाको गर्भबाट च्याँ गरेर भूईँमा खस्न नपाउँदै
लाइक र कमेन्ट ओइरो बर्साई दिन्छेउ
तीनै लाइक र कमेन्ट, भत्ता स्वरुप अमृत पान गरिरहेछन् आज ।
जेठानका साथीको साला र गर्लफ्रेण्डका भाईका ससुराहरूले
पाइरहेछन् पदाेन्नतीका शुभकामना ।
उनान्साठी वर्षे हजुराआमाहरु सम्धी सम्धिना
सर्म नमानी थुतुनाे बङ्ग्याएर बनाई रहेछन् टिकटक ।
अठार वर्षे नानीहरु साठी वर्षे ब्वाइफ्रेण्डका
सेता दारीमा लठ्मरिदैं छन्
र पो त यहाँ तिम्रो करामतको महत्व छ।
त्यसैले तिमिलाई हाम्रो दुनियामा धेरै धेरै स्वागत छ !
स्वागत छ फेसबुक तिमीलाई !!