back

नेपाल आदिवासी जनजाति महासंघ आईसीसीको तदर्थ समिति गठन, संयोजकमा मानबहादुर रानामगर

वि.सं.२०७७ असार २७ शनिवार

117 

shares
NTC AD
Global IME AD

असार २७ । नेपाल आदिवासी जनजाति महासंघ विभिन्न देशमा कार्यरत आदिवासी जनजातिहरुलाई समेट्ने उद्देश्यले अन्तर्राष्ट्रिय समन्वय समिति गठन गर्ने चरणमा अघि बढेको छ । यसैक्रममा अन्तर्राष्ट्रिय समन्वय समितिको तदर्थ समिति बनाइएको छ, जसको संयोजकमा अमेरिकामा रहेका मानबहादुर रानामगर चयन गरिएका छन् ।

विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाउँदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरलाई संयोजक चयन गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा जनाइए अनुसार समितिमा ११ सदस्यीय कार्यसमिति रहेको छ । जसअनससार समितिको सहसंयोजकद्वयमा किसन राई(हङकङ) र खुसी लिम्बू(बेलायत) रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् ।

युगेल तेन्डुप शेर्पा(दक्षिण कोरिया), रश्मी थापामगर (क्यानडा), मणी थेवे(अस्ट्रिया), हेम गुरुङ(पोर्चुगल), विनोद पोमो(अमेरिका), कुमारबलामी(यूएई) र सुदर्शन थापामगर(अस्ट्रेलिया) समितिमा सदस्य रहेका छन् ।

गतवर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय सञ्जाल बनाइने उल्लेख गरिएको छ । विभिन्न देशमा कार्यरत नेपाल आदिवासी जनजातिहरुलाई समेटेर एउटै सञ्जाल बनाउने उद्देश्यका साथ महासंघ जुटेको हो । उक्त सञ्जाल बनाउन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।

सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकले समेत छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वयपरिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो । बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।

वि.सं.२०७७ असार २७ शनिवार ०९:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...