back
CTIZAN AD

कविताः संकेत

वि.सं.२०७७ असार २७ शनिवार

639 

shares

धमिलो हुँदै गएको छ यतिबेला आँखा-
र देखिन थालेको छ–काठमाडौंको वातावरण जस्तै ।

मधुरो हुँदै गएको छ कान-
बिजुली बत्ती जस्तै ।

आफै बग्न थालेको छ नाक-
बर्षातको सप्तकोसी जस्तै ।

लठ्ठीपनि समाउनै छोडेको छ हातले-
हाम्रै देशको सरकारले जस्तै ।

दुईचार पाइला नसार्दै फतक्कै गलेर
बाउडिन थालेको छ खुट्टा-
अहिलेको प्रमुख प्रतिपक्षी जस्तै ।

आफै बाङ्गिएर फर्किएको छ आकाशतिर ढाड-
जाति ,धर्म र क्षेत्रीयताको नाममा
नग्न राजनीतिको ताण्डव नृत्यमा
निमग्न लम्पटदासहरु जस्तै ।

डढेर कालै भएको छ छाला-
नेपालकै नेताहरूको नियत जस्तै ।

छोडिन थालेको छ भित्री कट्टुमै
पातलो दिसा र पहेँलो पिसाब-
रोक्ने मेसै नपाएपछि-तस्करीको ‘माल’ जस्तै ।

सेतै फुलेको छ कुनैबेलाको
सिल्की परेको कालो कपाल-
कासेघारीलाई बिर्साउने गरि ।

मार्फाली स्याउजस्तै राता गाला-
चाउरी परेर बसेका छन्–
बाझो बारीका पाटाजस्तै ।

कलेटी परेको छ–
कुनैबेलाको लाली ओठ ।

हर्सा परेको कालो गिजामात्रै छ-
कालापत्थरजस्तो ।

टलक्कै टल्किने चम्किला सेता दातहरु-
बिस्थापित भैगए-
जलवायु परिवर्तनको असरले
पग्लिएको हिउँजस्तै गरि ।

घरीघरी निहुँमात्रै खोज्न थालेको छ-
यतिबेला आफ्नै उमेरले
‘दुर्वासा ऋषिमन’ भएको छिमेकीले जस्तैगरि ।

कुप्री परेर सुक्दै गएको छ शरीर-
हराउँदै गएका लहरे वरपिपलका
घुमाउने शीतल चौतारी अनि
कुवा, पोखरी, इनार र ढुङ्गेधारासङ्गै
मीठो पानीका मुलहरुजस्तै ।

केही सम्झिनै सकिरहेको छैन आफ्नै दिमागले-
अल्जाइमरले ग्रस्त भएको बूढो नेपाली शासकले जस्तै ।

हराएको छ मलिन मुहारबाट मुस्कान
सधैं सधैंका लागि–-
दिन दहाडै दशगजाको जङ्गे पिल्लर हराए जस्तै ।

लर्बराउदै गएको छ बेलाको बोली-
दोषी भएरै पनि साच्चै
निर्दोष छु भन्ने ‘जन्तु’ को जस्तै ।

कुनै अदृश्य शक्तिले
निरन्तर पछ्याइरहेको छ यतिबेला-
कोरोना भाइरसले जस्तैगरि ।
यो के को र कस्तो संकेत हुनसक्छ कुन्नि …?

वि.सं.२०७७ असार २७ शनिवार ०९:४३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...