back
CTIZAN AD

कविताः करको डर

वि.सं.२०७७ असार २७ शनिवार

837 

shares

सरकारले
शान्ति सुव्यवस्था कायम गराउन
सरकारी प्रशासन चलाउन
देशको चौतर्फी विकास गराउन
नागरिकलाई सेवा दिलाउन
व्यक्ति,संस्था वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

तरकारी फलायो कर
औषधी बनायो कर
बसाईंसराईंमा कर
घर बनायो कर
गाडी चलायो कर
संस्था खुलायो कर
सामान जेथा किन्यो कर
सामान जेथा बेच्यो कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

अर्काको जागिर ग¥यो कर
आफ्नै व्यवसाय ग¥यो कर
लगानीको प्रतिफलमा कर
आकस्मिक आउने लाभमा कर
पुँजीगत फाइदामा कर
बासिन्दालाई कर
गैर बासिन्दालाई कर
प्रत्यक्ष रुपमा कर
अप्रत्यक्ष रुपमा कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

राजस्व उठाउन भन्दै कर
बढी सम्पत्ति सञ्चय गर्न नदिन भन्दै कर
सार्वजनिक हित भन्दै कर
अर्थतन्त्र उत्थान भन्दै कर
क्षेत्रीय सन्तुलन भन्दै कर
बेरोजगारी भत्ता दिन कर
जेष्ठ नागरिकलाई लत्ता दिन कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

करमा हुनुपर्ने सामानता हो
करमा हुनुपर्ने निश्चितता हो
करमा हुनपर्ने सुविधा हो
करमा हुनुपर्ने मितव्ययिता हो
करमा हुनुपर्ने उत्पादकत्व हो
करमा हुनुपर्ने लचकता हो
करमा हुनुपर्ने विविधता हो
करमा हुनुपर्ने सरलता हो
करमा हुनुपर्ने समन्वय हो
तर आजकल लकडाउनमा कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

वडा कार्यालयमा कर
पालिकामा कर
घरेलुमा कर
आन्तरिक राजस्वमा कर
कम्पनी रजिष्ट्रारमा कर
मालपोतमा कर
नापिनक्सामा कर
वैदेशिक रोजगारमा कर
जिल्ला प्रशासनमा कर
प्रदेश कार्यालयमा कर
संघिय मन्त्रालयमा कर
जहाँ गए नि कर
जे खाए नि कर
जे लाए नि गर
यसो गरे नि कर उसो गरे नि कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

अव शौचालय र स्नानकक्षमा त
नलगाए हुन्थ्यो जस्तो भएको छ कर
सरकारले व्यक्ति वा निकायबाट
अनिवार्यरुपले उठाउने शुल्क कर
तर आजकल यसको भयंकर छ डर

वि.सं.२०७७ असार २७ शनिवार ०९:४९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...