
निष्ठाले मनमा गढेको स्वभिमान बिक्री नगर कबै,
तिम्रो स्वत्व समाप्त हुनेछ बुझ तिमी बाँकी नरही सबै ।।
ज्युनलाई सबथोक छ तिमीसँग अभाव कति छ र !!
शकुनि धेरै छन्, अगाडि पछाडी तिनको नगर भर ।।
राज्यमा तिमी छौ बोकेर सपना दुःख हटाउँ भनी,
छेउ मै छ तरवार बोकी तयारीको तिम्रै बिरोधमा पनि ।।
नछोड तिमी कर्म कार्य बिरोधले, जनता साथमा रहे,
सुकर्म मार्गमा सहज हिँड तिमी नराखी मनमा भय ।।
सत्कर्म विवेकको फलाई मनमा चिन्ता बेगरै जाउ,
दिलाउ फिर्ता खुशी जनताको ,हटाउ मनको घाउ ।।
दिनेछन् निरन्तर बिश्वास तिमीलाई जिम्मा देशको पनि,
फलाउँदछ यसले समर्पित रही सदा राष्ट्रियता नै भनी ।।
वि.सं.२०७७ असार २७ शनिवार ०९:५२ मा प्रकाशित






























