घरदेश छोडि परदेश सोचेर आँए म
भविस्य सुनौलो यहाँ देखेर आँए म
उडान भर्नुअघि साष्टाङ्ग दण्डवत गरि
बा, आमा, मातृभूमिलाई ढोगेर आँए म
आफ्नै खुट्टामा उभिएर देखाउछु भनि
मनमा एउटा अठोट लिएर आएँ म
केही पाउन केही गुमाएछु जीवनमा
मेरा प्रियजनको साथ छोडेर आँए म
देशको माया विदेश आएर बढि लाग्यो
स्वदेशको माया पैसामा साटेर आँए म
फूल जस्तो कोमल थियो बासु पहिले
पत्थर सरि कठोर मन बोकेर आँए म
कटुञ्जे, भक्तपुर हाल-इजरायल
वि.सं.२०७७ असार २७ शनिवार ०९:३६ मा प्रकाशित