back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

864 

shares

मेरि आमालाई मेरो देशलाई दिलमा छापेको छु ,
मैले मुटुभरिको माया चानाचाना पारी खापेको छु ।।

स्वतन्त्र मन पराउन अभ्यस्त मेरा यी आँखा भरी,
रगतको रेखाले धेरै पटक सिमाना नापेको छु ।।

यो सूर्य पनि राप उतैबाट बोकेर त्यसैले त आउँछ,
हिमालको शितलता पनि मैले तराईमा तापेको छु ।।

तिम्रा सिमानाहरु मेरै रगतले भिज्छन् आज पनि,
इतिहास पल्टाई हेर दुनियाँ मैले पनि हापेको छु ।।

आउने भए आऊ नालापानीका डोबहरु मेटाएर,
मैले खुकुरीमा वलभद्रकै मुलमन्त्र जपेको छु ।।

वि.सं.२०७७ असार २७ शनिवार ०९:३२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...