किन आउँछ झझल्को हर साझ उन्कै
झडद्छ आँखा बाट सधै याद उन्कै
हटदैन मायालु तस्बिर यो हृदयबाट
छाएको छ तन मनमा आभास उन्कै
पिरतीका पलहरु हिजै जस्तो लाग्छ
गुञ्जिरहन्छ सबै तिर मिठा बात उन्कै
हुदैन रहेछ पूरा मान्छेले सोचे जस्तो
चाहेको थिए मैले हर जनम साथ उन्कै
यो जिन्दगीको नैया कसरी लाग्छ पार
ढुकढुकिको आधार बन्यो प्यार उन्कै