back
CTIZAN AD

पैयुँलाई दुख्दा मलाई पनि दुख्छ

वि.सं.२०७७ असार २७ शनिवार

1.5K 

shares

२०५१ जेठ देखि २०५७ असोज सम्म पैयुँहटिया आयुर्वेद औषधालयमा कार्यरत रहेका बेला त्यस क्षेत्रका नागरिकलाई पर्ने स्वास्थ्य समस्याका बारेमा म पनि नजिकबाट परिचित छु। अहिले त सडक र यातायातको पहुँच पुगेको भन्ने सुनिन्छ तर जुन अवधिमा म त्यस क्षेत्रमा कार्यरत थिएँ त्यो बेला सुविधा सम्पन्न अस्पताल (पोखरा र पाल्पा)पुग्न तीन घण्टा पैदल र तीन घण्टा गाडीमा समय लाग्दथ्यो । Critical अवस्थाका विरामीले बाटो मै ज्यान गुमाउनु पर्ने अवस्था थियो । मैले त्यो स्थान छोडेको २० वर्ष पछि पनि तारा जस्ता थुप्रै ले ज्यान गुमाएको खवर अत्यन्त दुःख लाग्यो । यो खवर सुन्दै र पढ्दै गर्दा म त्यहाँ बस्दाको अनुभव ताजा भएर आयो !!!

दक्षिण पर्वतको तत्कालीन गाउँविकास समितिहरु हुवास, सरौखोला, त्रिवेणी, बेउलीबास, टकलाक,उराम,रानीपानी, भोर्ले, होस्राङ्गदी, पाखापानी,लुङ्खु तथा स्याङ्गजाको ढापुक सिमलभन्ज्याङ, सिर्सेकोट, पिडीखोला एवं गुल्मीको अर्मिनी सम्मका नागरिकहरुको सेवा लिने ठाउँ थियो पैयुँहटिया । म त्यहाँ सात वर्ष बस्दा करीव ३०० नर्मल डेलिभरी गराएँ । कति Low Birth weight बच्चालाई Cotton मा Wrap गरेर ६-७ धन्टा टाढा रिफर गरियो। Meningitis, appendicitis, ectopic pregnancy अादि Emergency case डोलामा बोक्नेहरुलाई साथ दिदै वालिङ् र वायटारि त कतिपय अवस्थामा अस्पताल सम्म पनि पुगियो। वर्षातको समयमा प्रायजसो झाडापखाला फैलिन्थ्यो।

एउटा घटना मेरो मानसपटलमा सधै तरोताजा भएर आउँछ ।बर्षात को समय,अधेरी रात, मुसलधारे वर्षा २० जना डोलामा बोकेर एक पछि अर्को गर्दै अर्ध बेहोस अवस्थामा ल्याइएका Food Poisoning ले गर्दा झाडापखाला भएका विरामीहरुको लश्कर । म एक्लो जनशक्तिले उपचार शुरु गर्नु पर्ने वाध्यता । त्यति बेला आफ्नोे नीजि क्लिनिक मा रहेको १४ कार्टुन Ringer’s Lactate ती विरामीको लागि जीवनदान बन्यो । आयुर्वेद औषधालय को बरण्डा,कोरिडोर‌ र कोठाका भूइँमा सुताएर विरामी बोकेर आउने लाइ सलाइन स्ट्यान्ड बनाएर र IV set कै‌ needle लाइ Canula मानेर उपचार शुरु गरें । वल्लो छेउबाट पल्लो छेउ सम्म पुग्न नपाउँदै शुरुवाला Fluid सिद्धिएको हुन्थ्यो । विरामी उठेर शौचालय जाँदा Vein Counter Puncture हुने , पुन: Vein open गर्न Collapse Vein मा गाह्रो हुने त्यस का लागि पनि एउटा उक्ति लगाएँ । त्यस्तो जटिल परिस्थितिमा पनि एकजना विरामी पनि मर्न पाएन । ती सबै जना Recovery हुन ५ दिन लाग्यो । रातदिन भोक, निद्रा आराम नभनी अनवरत रूपमा काम गर्दा विरामी त बचाइयो तर आफै विरामी परियो । चिसो, दुर्गन्ध, Self care को कमी के कारण हो Tropical Eosinophilia ले गर्दा भएको लामो खोकी पोखरा गएर डा बुद्धि बहादुर थापा सँगको Consultation पछि २१ दिन सम्म अन्य ओखतिका साथै Benocide को सेवन २१ दिन सम्म गरेपछि निको भयो । यो त एउटा प्रतिनिधि घटना र अवस्था मात्र हो । यस्ता थुप्रै घटना र अवस्था हरुको सामना गरियो सात वर्षको त्यहाको बसाईमा । माओवादी र सेना प्रहरीको गस्ती सँग जम्काभेट हुदै अधिकतम ३ घण्टा सम्म रातविरात पैदल हिँडेर Home Call मा गइ विरामीको सेवा गरियो । त्यहाँ बस्दा पैयुबासीले दिएको अगाध प्रेम र स्नेह तथा सुरक्षा अनुभूति ले मलाई काम गर्ने झनै हौसला प्रदान गर्दथ्यो।

त्यो झाडापखालाको घटनाको खबर रेडियो नेपालको लोकप्रिय घटना र विचार कार्यक्रम तथा कान्तिपुर दैनिकमा आयो । स्वास्थ्य मन्त्रालयको टोली १ महिनापछि केही बोतल नर्मल सलाइन र झाडापखालाका अौषधि लिएर पुग्यो । खोलो तर्यो लौरो बिर्सियो भनेझै त्यहाँबाट फर्केर उच्चशिक्षा अध्ययनका लागि जाँदा स्वास्थ्य मन्त्रालयले स्नातक पढ्दा बेतलवी अध्ययन विदा र स्नातकोत्तर पढ्दा असाधारण विदाले पुरस्कृत गर्यो । जसका कारण आर्थिक संकटका बीच उच्चशिक्षाको अध्ययन सम्पन्न गर्नुपर्यो । यस्तै छ यो सतिले सरापेको देश ।

यस्तो केन्द्र परेको दुर्गम स्थानमा हाल सम्म पनि सुविधा सम्पन्न अस्पताल वन्न नसक्नु दुर्भाग्य पूर्ण हो ।

दक्षिण पर्वतले सधै उत्तर पर्वतलाई गुन लगाइरह्यो । स्वास्थ्य निर्देशक उत्तरको, सांसद उत्तर को, सबै पार्टीका उच्च पद उत्तरका, मन्त्री उत्तरका,  सम्माननीय उत्तरका ।

अब पैयुपार्टीको निर्माण गर्नस् । अब त दक्षिणले पनि जुझारु नेता जन्माइसकेको छ तर उत्तर कै ललिपपमा अहिले पनि परे जस्तो देखिन्छ दक्षिण पर्वतबासी । अब पार्टी होइन व्यक्तित्व भएको र कर्मशील तपाईंहरुकै क्षेत्रको नेता चयन गर्न लाग्नुस् । जो मन्त्री बन्ने हैसियतको होस् । सेवा नपाउनु को पीडा एकातर्फ छ भने १८ वर्ष मै सुत्केरी हुनुले अझैं पनि स्वास्थ्य चेतनाको कमीलाइ उजागार गर्दछ । २० वर्ष पहिले र ३५ वर्ष पछिको गर्भावस्थालाई High Risk Pregnancy मानिन्छ ।

प्रदेश सरकारले जटील गर्भावस्थामा रहेका महिला दिदिबहिनीहरुलाइ हवाई उद्धार गर्ने कार्यक्रम राखेको छ त्यसका बारेमा पनि दक्षिण पर्वतबासी सुसूचित हुन र सो सेवा लिन जागरुकता देखाउन जरुरी छ ।

ठूलो राजनीतिक परिवर्तनपछि देशमा दुइतिहाइ को सरकार छ । यो व्यवस्था सम्म देशलाई पुर्याउन दक्षिण पर्वतले पनि ठूलो योगदान र बलिदान गरेको छ । त्यसको लाभ र न्याय दक्षिण पर्वतबासी पनि पाउनुपर्छ ।

विशेष योजना अन्तर्गत केन्द्र सरकारले नै यसै आर्थिक वर्षभित्र बहुविशेषज्ञता सहितको अस्पताल स्थापनाको धोषणा गरोस् र पैयुँवासीले विशेषज्ञ स्वास्थ्य सेवा लिन पोखरा र पाल्पा धाउनुपर्ने बाध्यताको अन्त्य होस तथा अरु ताराहरुले समयमै स्वास्थ्य सेवा नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् !!!

(पर्बतको पैयुमा गत साता २२ बर्षिय गर्भवती तारा आचार्यको मृत्यु भएपछि टापेन्द्र रीजाल, निर्भिक नारायण भुर्तेलको प्रतिक्रिया तथा रोशन तिवारीको लेख एवं पैयुवासीहरुको प्रतिक्रियामा आफनो मत सहित डा. बुद्धि पौडेलले भावुक अनुभुति संप्रेषण गरेका छन ।)

वि.सं.२०७७ असार २७ शनिवार १०:२६ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...