१.
मृत्युको घोषणा
चिहान माथि
आँसुको ताजमहल बनोस्
या
सुनको पिरामिड उठोस् ।
जब मान्छेका आँखामा
संवेदनाका आँसु–बग्न छाड्छन्
तत्क्षण मानवताको
मृत्युको घोषणा हुँनेछ ।
२.जीवनको मूल्य
…………….
जस्ले लेख्यो
अमूर्त दस्तावेजमा
‘क्रान्ति निर्मम हुन्छ ।’
क्रान्तिको रक्तकुण्डमा
आफ्नू बलिदान देवस्
र
चिहानको डिलमा उभिएर
सन्तानको मृत्युमा
खित्काछाडेर हाँसोस् ।
समय अट्टहास गर्दै बोल्नेछ
उसले
रगतलाई पानी ठान्यो
र
जीवनको मूल्य विर्सियो ।
वि.सं.२०७७ असार २७ शनिवार १०:२८ मा प्रकाशित






























