back
CTIZAN AD

कविता: आदिकवि आव्हान

वि.सं.२०७७ असार २९ सोमवार

696 

shares

हे भानुभक्त रस सज्जित त्यो कलामा ।
चुर्लुम्म डुब्छ मन यो सुरिला गलामा ।।
पढ्छौँ सदा हृदयमा अति हर्ष मानी ।
मीठा सुधारस भरी प्रभुभक्ति वाणी ।।०१।।

भाषा सुधार पथमा अति यत्नसाथ ।
आरम्भमा अति गर्याै श्रम कष्ट खास ।।
सोको सुरम्य मृदु भाव त देख्न पायौँ ।
श्रद्धाञ्जली कविविषे मनले चढायौँ ।।०२।।

हामी अझै भ्रमसँगै खुद छौँ अभद्र ।
पल्टन्छ वर्ष अनि खोल्दछु काव्यपत्र ।।
माला चढाउन उठेँ खुद दृश्य पुष्प ।
देख्दैन यो मन अझै पनि दृष्टि शुद्ध ।।०३।।

भाषा बुझी न त अझै खुद शुद्ध बोल्छु ।
अङ्ग्रेजको लवजका सित व्यर्थ घोल्छु ।।
ड्याडी ममी भन भनी निज वंशलाई ।
भाषा विकारतिर लान स्वयम् रमाई ।।०४।।

हामी न ता अझ कुनै पनि छन्दबद्ध ।
पार्छौँ चिटिक्क कविता न त क्यै छ ढङ्ग ।।
तस्मात् परस्पर सबै जन वृन्दलाई ।
फर्कोस् सुदृष्टि कवि दीन परै हटाई ।।०५।।

भाषा छ तै पनि अझै अलमल्ल पर्छु ।
आऊन् फिरेर मनमा दृढ भानु जप्छु ।।
चोला उठ्यो कुन दिशातिर पाउलाई ।
सार्यौ सुझाव गर भानु स्वयम् उदाई ।।०६।।

हाम्रा विहार पथमा नव काव्य ल्याई ।
सद्भावले घरघरै करुणा जगाई ।।
आएर बास गर भानु कला सिकाऊ ।
साहित्यतर्फ जड फ्याँक सुधा पिलाऊ ।।०७।।

त्यो मिष्ट भाव रसमा चुन कृत्य सार ।
त्यो रामभक्ति रसझैँ जड उच्च धार ।।
साहित्य मार्गतिरका सब फाल्न बार ।
हाँसोस् धरा खितखिती गर कष्ट पार ।।०८।।

त्यो अब्धिशून्य भवमा खुद अङ्क झार्याै ।
चट्टानतुल्य पथमा कृति योग्य पार्याै ।।
मान्छे न ता रघुकथा खुद पूर्ण चिन्थ्यो ।
साहित्यका रससँगै न त प्रेम दिन्थ्यो ।।०९।।

हो आज आत्मबल निर्भर गर्नलाई ।
आऊ सुधार कविता पथ स्वच्छ ल्याई ।।
हामी परस्पर जुटी अझ यत्न गर्छौँ ।
गाथा खुलोस् न रघुको अझ आश धर्छौँ ।।१०।।

छन्द :- वसन्ततिलका

गण :- त भ ज ज गु गु

सङ्केत :-SSI SII ISI ISI S S

वि.सं.२०७७ असार २९ सोमवार ११:५४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...