
भानु !
तिमी युगद्रष्टा
तिमी नेपाली भाषाका प्रणेता
संस्कृत भाषा र साहित्यलाई
मौलिक नेपालीभाषामा अनुबाद गर्ने
नेपाली भाषाको विस्तारक
तिमी महानायक
संम्झिरहेछु
जब
तिम्रो जीवित इतिहासका पानामा आँखा दगुर्छन्
एकिकृत हुन्छ मन
म देख्छु
मान, सम्मान, सान र ईर्श्याको बर्गिय प्रतिस्पर्धा
म देख्छु
बिपन्न भएर पनि
सुकृतिकालागि घाँस बोकिरहेको घाँसी
घाँसीकुवामा
तिर्खा मेटिरहेको अर्काे निस्कृय समाज
म देख्छु
निरन्तर बगिरहेका
फरक आत्मचिन्तन र सुकर्मका प्रभावहरू
सकारात्मक उर्जा प्रवाहका स्रोतहरू
म देख्छु
शिखर चुम्दै गरेको
नेपाली साहित्यको आधुनिक इतिहास
र
सुन्छु, युगको पुकार
तिमी ब्राम्हण पुत्र
तिमी संस्कृत मातृभाषी भएर पनि
लेख्यौ नेपाली भाषाको पहिलो कविता
चिनियौ आदि कवि भनेर
घर घरमा पुगे तिम्रा सुकर्महरू
तिम्रा अनुवादित कृतिहरू
जनजनबाट सिक्यो समाजले
मातृप्रेम
भातृप्रेम
पितृप्रेम शासन, सत्ता र शाशक
बुझ्यो,
प्रेम घृणाको मानविय प्रबृति
सिकायो त्याग र समर्पणको आदर्श
तैपनि बद्लिन सकेको छैन समाज
आफै वरिपरि फर्किएर हेर्छु
अतिक्रमित भइरहेका भाषा र संस्कृती
सगरमाथाको उकालोमा
बामेसर्न नसकेको नेपाली परम्परा र संस्कार
पर प्रहारबाट थिल्थिलो भइरहेको मौलिकता
जोगाउन कठिन हुँदैगएको राष्ट्र भाषा
पश्चिमी वायुको प्रभावबाट
उठाउनु गाह्रो हुँदैगएको धर्म र पहिचान
यसअर्थमा
सरस
सरल रामायण कथा जस्तै
धरालाई राम राज्य बनाउन
फेरि जन्मनु पर्छ महानायक तिमी
यस युगको रामायण लेख्न
घाँसीलाई प्रेरक मान्ने तिमी
साँच्चै नै परिवर्तक हौ तत्कालिन समाजको
नेपाली भाषाको एकिकरण गर्ने तिमी
वास्तबमै महानायक हौ देशको
र त
आज नेपाल जीवित छ
नेपाली भाषा बिकसित भएको छ
नेपाली आफ्नै पहिचानमा बाँचेका छन्
सम्पत्तिभन्दा नाम ठूलो इतिहासमा
मान ठूलो समाजमा
प्रेरणाको स्रोत जो कोहि हुनसक्छ
धनभन्दा मन ठूलो
मनभन्दा ठूलो कर्म
हे युगका महानायक भानु
अनन्त युग संम्झिरहनेछु तिमीलाई
भावपूर्ण श्रदान्जली !
२०७७ असार २८
वि.सं.२०७७ असार २९ सोमवार ११:५५ मा प्रकाशित




























