back
CTIZAN AD

कविताः घाँसीको कुवामा प्रेरणाको तरङ्ग

वि.सं.२०७७ असार २९ सोमवार

948 

shares

अनकन्टार बस्तीको खोँचमा
घाँसीको जीर्ण कुवा
जब
भानुको चेतनामा छचल्कियो
नेपाली साहित्यकारको कलम
नयाँ मसीले भरियो ।
भानु
नयाँ बिहानी भएर छाए ।
दरिद्र घाँसीको युगीन चिन्तन
भानुको प्रतिभामा घुलेर
नेपालीभाषाको गतिमय प्रवाह बन्यो ।

फैलन खोजिरहेको नेपालीभाषा
वीररस र भक्तिरसको भँगालोमा
सूत्रबद्ध
रामायणको प्रकाशमय उज्यालो ओढेर
चम्कन सुरु गर्यो ।
रामायण काण्डकाण्डका सरल श्लोक
जब–गाउँ बेंसीमा गुन्जिए
सारा बस्तीमा भाषिक एकता उदायो ।
*
कुवा खनाउँने
घाँसीको बुलन्द सपना
नेपाली साहित्यको सुन्दर पानामा
बेमिसाल किर्तिको गाथा कुँदेर
युगयुग अमर भयो ।
*
भानुलाई अमर बनाउँने घाँसी
के गर्दैछन्–आज ।
लाग्छ
अझै उसरी नै
पसिनासरिको दौराको फेरले
अनुहारको पसिना पुछ्दै
घँसिया गीतमा मधुर भाका हालेर
नयाँ कुवा खनाउँने
सपना पूरागर्न–तल्लीनछन् ।

वि.सं.२०७७ असार २९ सोमवार ११:५८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...