back
CTIZAN AD

हट्यो अण्डा काठमाडौँ पठाएर चल्ला ल्याउनुपर्ने बाध्यता

वि.सं.२०७७ साउन २ शुक्रवार

663 

shares

 २ असार, बागलुङ । स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन् । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो । उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए ।
बागलुङ नगरपालिका–३ रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गरेका उनले दुई वर्षदेखि स्थानीय जातका कुखुराको व्यावसायिकपालन गर्दै आएका छन् । स्थानीय जातका कुखुराको चल्ला उत्पादनका लागि जिल्लामै पहिलोपटक ह्याचरी सञ्चालनमा आएको उनको भनाइ छ । ‘पहिले चल्ला उत्पादनका लागि अण्डा बाहिर पठाउनुपथ्र्यो’, उनले भने, ‘गाडीमा ढुवानी गर्दा नोक्सानी हुन्थ्यो, लागत पनि बढ्थ्यो, अब त्यो बाध्यता हट्यो ।’
ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने उनको योजना छ । उनको ‘फार्म’ मा अहिले स्थानीय साकिनी, कडकनाथ, घाँटी खुइले, उल्टे र बट्टाइलगायत गरी ६ सय कुखुरा छन् । कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले गत आवमा रु। दुई लाख ३६ हजार अनुदान दिएको थियो ।

ह्याचरी भने व्यक्तिगत लगानीमा सञ्चालन गरेको उनको भनाइ छ । व्यवसाय प्रवद्र्धनमा उनलाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्छन् ।

पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए । देशभरका स्थानीय जातका कुखुरापालक किसान सामाजिक सञ्जालमार्फत एकठाउँमा जोडिएका छन् । यसले ज्ञान, सीप, अनुभव आदनप्रदानदेखि व्यवसाय विस्तार र प्रवद्र्धनमा सघाएको उद्यमी बैकुण्ठको बुझाइ छ । पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मुल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु। आठ सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु एक सय २५ मा बिक्री हुँदै आएको छ ।

स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने उनले बताए । ‘बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्’, उनले भने । कुखुरापालनबाट मासिक रु। ४० हजारसम्म मुनाफा निकाल्न उनी सफल भएका छन् । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ । कुखुरापालनका लागि शुरुमा उनले रु। चार लाख लगानी गरेका छन् ।
कुखुरापालनसँगै उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । पढाइमा स्नातक उनले कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन ।

वि.सं.२०७७ साउन २ शुक्रवार १३:२९ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...