२ श्रावण, काठमाण्डौ । नेपाल टेलिभिजनमा कार्यरत दीपक समीरको पहिलो गीत सार्बजनिक भएको छ ।
नेपाली रेडियो पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका दीपकको ‘अलि अलि गर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।
डि.पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ भने दीपक समीरकै स्वर रहेको छ ।
लकडाउन पछिको सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने गायक समिरले बताएका छन । उनी संगीतको समेत बिद्यार्थी हुन् ।
वि.सं.२०७७ साउन ३ शनिवार ०९:१० मा प्रकाशित





























