
पुरस्कार पाउनेले पाएजस्तो होस्
दिनेले दिए जस्तो होस्
पुरस्कार वाध्यताले छिनेर लिएजस्तो नहोस्
वा मोलतोलमा किनेर लिएजस्तो नहोस्
पुरस्कार दिदाँ यसको यस्तो जित होस्
पुरस्कार दिदाँ पुरस्कार पुरस्कृत होस्
पुरस्कार थाप्दा नथाप्दै चुहिने नहोस्
थन्क्याउदा थन्क्याउने कुहिने नहोस्
पुरस्कार पुरस्कार नै होस्
पुरस्कार तिरष्कार नहोस्
पाउनेलाई पुरस्कार स्वीकार होस्
तर पुरस्कार बहिष्कार नहोस्
पुरस्कार पाउनेको गर्वले छाती फुलोस्
प्रतिभा चुलिदै माथि पुगोस्
पुरस्कारमा यस्तै ठूलो दम होस्
चाहे यसको मुल्य एकरुपैया भन्दा नि कम होस् ।