back
CTIZAN AD

जनसम्पर्क समिति अमेरिकाको बैठक सम्पन्न, ग¥यो निम्न निर्णयहरु

वि.सं.२०७७ साउन ६ मंगलवार

570 

shares

नेपाली जनसम्पर्क समिति अमेरिकाले विभिन्न विभागहरु बनाएको छ ।

जुलाई १९ मा बसेको समितिको भर्चुअल बैठकले विभिन्न विभाग गठन, च्याप्टर गठन तथा कार्यसमिति र सल्लाहकार समिति विस्तार गर्ने लगायतको निर्णय उक्त बैठकले गरेको छ । समितिका सभापति धनन्जयनरसिंह केसीको सभापतित्वमा बसेको बैठकले नेपाली कॉंग्रेसद्वारा अनुमोदित नेपाली जनसम्पर्क समिति अमेरिकाको विधान बमोजीम विभिन्न विभागहरू गठन गर्ने र संयोजक नियुक्त गरेको छ ।

जसअनुसार अनुशासन विभागमा संयोजक मुक्तिनाथ पन्त र सदस्यमा सुरेश हमाल (वेग) र सदस्य अर्जुन बम चयन गरिएका छन् ।
त्यस्तै संचार विभागमा संयोजक अनन्तराज सुवेदी, संगठन विभागमा संयोजक आंगछिरिंग शेर्पा र सचिवमा संगीता सेन्चुरी चयन गरिएका छन् भने युवा सशक्तिकरण विभागमा संयोजक अनुप अधिकारी, प्रशिक्षण विभागमा संयोजक खड्ग उप्रेती चयन गरिएका छन् सबै विभागलाई ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्न भनिएको छ ।

हाल सियाटल निवासी डिल्ली बहादुर भण्डारीलाई कार्यसमितिको सल्लाहकार नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको महासचिव सुभाष घिमिरेले जनाए ।

सो बैठकले गरेका निर्णयहरु निम्न रहेका छन् :

मिति जुलाई १९, २०२० का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्चुअल बैठक समितिका सभापति धनन्जयनरसिंह केसीज्यूको सभापतित्वमा बसी निम्न प्रस्तावहरूमाथि छलफल गरी निम्न निर्णयहरू गरियो ।

प्रस्ताव नं १) नेपाली काॅंग्रेसद्वारा अनुमोदित नेपाली जनसम्पर्क समिति अमेरिकाको विधान बमोजीम विभिन्न विभागहरू गठन गर्ने र संयोजक नियुक्त गर्ने संबन्धमा ।

प्रस्ताव नं १ माथि छलफल हुॅंदा निम्न लिखित विभागहरू गठन गर्ने र विभाग प्रमुखहरू नियुक्त गर्ने निर्णय गरियो ।
१)अनुशासन विभाग
संयोजक- मुक्तिनाथ पन्त
सदस्य-सुरेश हमाल (वेग)
सदस्य-अर्जुन बम

२)संचार विभाग
संयोजक- अनन्तराज सुवेदी
(संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने)

३)संगठन विभाग
संयोजक- आंगछिरिंग शेर्पा
सचिव- संगीता सेन्चुरी
(जम्मा ९ सदस्यीय समिति बनाई संयोजकले कार्यसमितिको आगामी बैठकमा पेश गर्ने)

४) युवा सशक्तिकरण विभाग
संयोजक-अनुप अधिकारी
(संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने)

५) प्रशिक्षण विभाग
संयोजक- खड्ग उप्रेती
(संयोजकले ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने)

प्रस्ताव नं २- सल्लाहकार समितिमा सदस्य थप गर्ने संबन्धमा

उपरोक्त प्रस्तावमा छलफल गर्दा हाल सियाटल निवासी डिल्ली बहादुर भण्डारीलाई कार्यसमितिको सल्लाहकार नियुक्त गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३) वीपी स्मृति दिवश मनाउने संबन्धमा

प्रस्ताव नं ३ माथि छलफल हुॅंदा सल्लाहकार समितिका सदस्यद्वय विष्णु सुवेदी र कृष्ण लामिछानेले यस संबन्धी संपूर्ण निर्णय गरी दुई दिनभित्र समितिलाई जानकारी गराउने निर्णय गरियो ।

प्रस्ताव नं ४-पत्रकार सम्मेलन गर्ने संबन्धमा

प्रस्ताव नं ४ माथि छलफल हुॅंदा नेपाली जनसम्पर्क समिति अमेरिका संबन्धी संपूर्ण विस्तृत जानकारी धनन्जयनरसिंह केसी, विष्णु सुवेदी, कृष्ण लामिछाने, मिंगमार शेर्पा, ईश्वर सापकोटा, प्रतिक पाण्डे, सुभाष घिमिरे र प्रमोद सिटौलाले जुलाई २४, ४ बजे (न्यूयोर्क समय) संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ५-च्याप्टर गठन तथा कार्यसमिति र सल्लाहकार समिति विस्तार गर्ने संबन्धमा

प्रस्ताव नं ५ माथि छलफल हुॅंदा धनन्जय नरसिंह केसी, विष्णु सुवेदी, कृष्ण लामिछाने, भक्त थापा, मिंगमार शेर्पा, सुभाष घिमिरे र प्रमोद सिटौला सम्मिलित समिति गठन गर्ने र उक्त समितिले आपसमा सल्लाह गरी कार्यसमितिको आगामी बैठकमा निर्णय पेश गर्ने निर्णय गरियो ।

सुभाष घिमिरे
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

स्मरण रहोस् : केही समयअघि अध्यक्ष गोरख (आनन्द) विष्टले पदावधि सकिए पनि अवैधानिक तबरले समितिमा कब्जा जमाउदै आएको भन्दै समितिका वरिष्ठ सभापति लगायत ११८ जनाले विरोध जनाउँदै पार्टी सभापतिलाई पत्र पठाएका थिए ।

( हेर्नुहोस् यो लिंक)
https://sansarnews.com/214825/

समितिका वरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसी लगायतको यो समूहले महाधिवेशन सम्पन्न गरी कामकार्वाहीहरु अघि बढाएको छ ।

 

वि.सं.२०७७ साउन ६ मंगलवार ११:५७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...