back
CTIZAN AD

राजीव गान्धि हत्याको अभियोगमा जेलमा रहेकी नलिनीले आत्महत्याको प्रयास गरेपछि…

वि.सं.२०७७ साउन ६ मंगलवार

882 

shares

भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धिको हत्याको अभियोगमा २९ वर्षदेखि जेल सजाय भोगिरहेकी नलिनीले सोमबार जेलमै आत्महत्या गर्ने प्रयास गरेकी छन् ।
उनले जेलमा आफ्नो सेलमा रहेका कैदीलाई अर्को ठाउँमा सार्न माग गरेकी थिइन् ।

उनीहरु दुईबीच झगडा भएकोले उनले जेलरसँग यस्तो माग गरेपनि जेलरले नसुनेको जेलरसँग पनि झगडा भएपछि उनले यस्तो कदम उठाएको उनका वकिलले जानकारी दिएका छन् ।  उनले आत्महत्या गर्न लाग्दा जेलका कर्मचारीले बचाएको बताइएको छ ।

सन् १९९१ मा एक चुनावी र्यालीमा लिट्टेले गराएको आत्मघाती बम विष्फोट गराएर राजिव गान्धिको हत्या गरिएको थियो ।

सोहि अभियोगमा नलिनी तमिलनाडुको जेलमा २९ वर्षदेखि जेल सजाय काटिरहेकी छन् । पहिले उनलाई मृत्युदण्डको सजाय सुनाईएपछि पनि तमिलनाडु सरकारले सन् २००० मा मृत्युदण्डको सजयालाई जन्मकैदमा परिवर्तन गरिदिएको थियो ।

राजीव गान्धि हत्याकाण्डमा नलिनीका श्रीमान मुरगनसहित ६ जनाले सजाय भोगिरहेका छन् । नलिनी तमिलनाडुको वेल्लोर जेलमा सजाय काटिरहेकी छन् । उनकीको छोरीको जन्म पनि जेलमै भएको थियो । ऐजेन्सी

वि.सं.२०७७ साउन ६ मंगलवार १४:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...