back
CTIZAN AD

१२७ सामुदायिक वन वैज्ञानिक वनमा समाहित

वि.सं.२०७७ साउन ६ मंगलवार

1.8K 

shares

६ साउन, गोदावरी । सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६/७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा १२, डडेल्धुरामा पाँच, डोटीमा १०, बैतडी तीन, बाजुरा एक तथा अछाममा तीन गरी १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका हुन् ।

प्रदेशका सात जिल्लाभित्र ३४ हजार ४२२ दशमलव ९२ हेक्टर सामुदायिक वनभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको प्रदेश वन निर्देशनालयले जनाएको छ । प्रदेशभित्र कूल १० लाख ८३ हजार ६७० हेक्टर वन क्षेत्र रहेकोमा तीन दशमलव १८ प्रतिशत भूभागभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज विष्टले जानकारी दिए । तराईका २० जिल्लामा चार लाख ९३ हजार ३९९ हेक्टरमध्ये ५० प्रतिशत भुभागमा मात्र वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सकियो हो भने वार्षिक रु १५ अर्ब राजस्व सङ्कलन गर्न सकिने बताउँदै विष्टले छदेखि १२ लाख व्यक्तिलाई रोजगारी दिन सकिने बताए ।

प्रदेशमा चालू आर्थिक वर्षमा पाँच लाख ४८ हजार ७४० क्वीफिट काठ र दुई हजार ८७५ चट्टा दाउरा सङ्कलन गर्ने प्रक्षेपण गरिएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशमा वैज्ञानिक वन लागू भएका १२७ वटा सामुदायिक वनमध्ये कैलालीका बाह्रवन र भारताल गरी दुई वटा वनमा साझेदारी वन व्यवस्थापन लागू भएको जनाएको छ ।

विसं २०७१ मा बाह्रवन साझेदारी व्यवस्थापन समितिमा वैज्ञानिक वनको कार्ययोजना स्वीकृत भएको थियो भने भारतालको २०७६ मा कार्ययोजना स्वीकृत भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।(रासस)

वि.सं.२०७७ साउन ६ मंगलवार १७:४० मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...