७ साउन, कतार । प्रवासी नेपाली एकता मन्च कतारले पुष्पलालको योगदानलाई कसैले पनि ओझेलमा पार्न नहुने बताएको छ ।
४२ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर मन्चले पुष्पलालले परिकल्पना गरे अनुरुप उनको विचार, सिद्धान्त र त्यागलाई आत्मसात गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि बढिरहेको बताउँदै उनको योगदानलाई कसैले पनि ओझेलमा पार्न नहुने बताएको हो ।
‘नेपाल कम्युनिष्ट पार्टीको इतिहास विभिन्न कालखण्डमा अनवरत् रुपमा पार्टीलाई निरन्तर अघि बढाई आज यो शिखर सम्म पुर्याउने क. पुष्पलालको त्याग, तपस्या, बलिदानी र गौरबमय योगदानलाई जति व्याख्या गरेपनि कमै हुन्छ,’ मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले आज इतिहासमा पहिलो पटक वामपन्थीहरुको करिब दुई तिहाइको सरकार बन्न सफल भएको छ ।’

वि.सं.२०७७ साउन ७ बुधवार १४:३७ मा प्रकाशित



























