काठमाडौं । पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) रञ्जन कोइराला जेलमुक्त हुँदा ‘रिसिभ’ गर्नेमा उनकी प्रेमीका देखिइन् । उनलाई लिन उनकी प्रेमीका तारा रेग्मी बा १८ च ५४१७ नम्बरको कार लिएर डिल्लीबजार पुगेकी थिइन ।
रेग्मीले आफ्ना प्रेमी रञ्जनलाई आफ्नै गाडीमा हालेर कारागाबाट बाहिरिइन् । रेग्मी रिसिभ गर्न जाँदै कोइरालालाई लिन भने उनका दुई छोराहरु पुगेनन् ।
कोइराला सर्वौच्चको आदेशमा ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरि बिहिबार जेलमुक्त भएका हुन् । डिल्लीबजार कारागार प्रशासनले बिहिबार उनलाई जेलमुक्त गराएको हो ।
ज्यान मुद्दामा पक्राउ परेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, सर्वौच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले भने सजाय घटाउने फैसला गरि रिहा गराएको हो ।
उनलाई श्रीमतिको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा प्रभाव पर्ने भन्दै सर्वौच्चले सजायँ घटाउने निर्णय गरेको थियो ।
के थियो मुद्दा ?
पूर्वडिआईजी रञ्जन कोइरालाले २०६८ को पुस २७ मा आफ्नै श्रीमति गीता ढकालको हत्या गरेका थिए । उनले श्रीमति ढकालको घाँटी थिचेर आफ्नै घरमा हत्या गरेका थिए ।
हत्या गरेकै रात कोइरालाले मकवानपुरको पालुङमा पुगी गीताको शवसमेत जलाएका थिए । हत्या गरि प्रमाणसमेत नष्ट गर्ने प्रयास गरेका उनलाई पुनः त्यहि ठाउँमा पुग्दा स्थानीयले पक्राउ गराएका थिए । कोइराला शव जले नजलेको भनि हेर्न माघ ८ मा उक्त ठाउँमा पुगेका थिए ।
स्थानीयले पक्राउ गराए पनि बल र पहुँचको आधारमा छुटेका कोइरालालाई प्रहरीले पुनः २०६८ कै माघ २८ मा पक्राउ गरेको थियो ।
घटनाको प्रकृतिअनुसार प्रेमीका भनिएकी तारा रेग्मीसँग मिलेर उनले श्रीमतिको हत्या गरेका थिए । हत्यामा मतियारको रुपमा दोषी पाईएपछि रेग्मी पनि एक वर्ष कैद परेकी थिइन् ।
सम्बन्धित समाचार
आफ्नै श्रीमती हत्या गरेर जेल परेका पूर्व डिआइजी रञ्जन कोइराला रिहा
वि.सं.२०७७ साउन ८ बिहीवार १३:३३ मा प्रकाशित





























