back
CTIZAN AD

पुर्नरकर्जासम्वन्धी ऋण लिन के–के चाहिन्छ कागजात ? के छ कार्यविधिमा ?

वि.सं.२०७७ साउन ८ बिहीवार

825 

shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले पुर्नरकर्जा कार्यविधि–२०७७ मार्फत साना तथा मध्यम स्तरका उद्दमीलाइ सस्ताे ब्याजमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएकाे छ । पुनरकर्जा कार्यविधिको व्यवस्थाअनुसार व्यवसायीले ५ प्रतिशत ब्याजदरमा नै ऋण पाउनेछन् ।

सार्वजनिक कार्यविधिमा घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा रहेका छन् । कार्यविधिको व्यवस्थाअनुसार साना उद्यम पुनकर्जा र साधारण पुनकर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ भने विशेष पुनकर्जा ३ प्रतिशतमै प्राप्त हुनेछ ।

कार्यविधिअनुसार लघु, घरेलु तथा साना उद्यमीले पुनकर्जा १५ लाख रुपैंयासम्म प्राप्त गर्नेछन् । अन्य पुनर्कर्जाको हकमा राष्ट्र बैंकले फरक–फरक व्यवस्था गरेको छ ।

तर, कार्यविधिअनुसार ऋण लिन भने विभिन्न प्रकृया पार गर्नुपर्नेछ । व्यवसायीले आवश्यक कागजात पुरा नगरेकाे खण्डमा सस्ताे ऋण पाउने छैनन् ।

पुनर्कर्जासम्वन्धी ऋण लिन यस्ता कागजात जुटाउनु पर्छ

पुनरकर्जा सुविधाको लागि निवेदन,

कम्पनीको लेखापरीक्षण गरिएको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण

पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र

कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण

कायम ब्याजदर देखिने System Generated Customer Liability Report

निर्यात पुनरकर्जाको हकमा निर्यात सम्बन्धी कागजात

विगत वर्षहरुमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात।

निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात।

ग्राहक ऋणीले यस भन्दा अगाडि उपयोग गरेको पुनरकर्जा सुविधाको रकम तथा अवधि सम्बन्धी विवरण समेत आवेदनमा खुलाउनु पर्नेछ ।

ग्राहक ऋणीले अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा।

रोजगारी सृजना, विदेशी मुद्रा आर्जन लगायत अर्थतन्त्रमा पुर्‍याएको योगदान सहितको कम्पनीको संक्षिप्त विवरण

यस्ताे छ कार्यविधिमा समग्र व्यवस्था

वि.सं.२०७७ साउन ८ बिहीवार १४:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...