back
CTIZAN AD

कम्युनिष्ट आन्दोलनको प्रमुख समस्या : वैचारिक विचलन

वि.सं.२०७७ साउन ८ बिहीवार

969 

shares

८ साउन, काठमाडौँ । विचारमा विचलन नै कम्युनिष्ट आन्दोलनको मुख्य समस्या रहेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा धारणा राख्ने अधिकांश कम्युनिष्ट नेताहरुले वैचारिक विचलनकै कारण वर्तमान अकर्मन्यता देखापरेको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजद्वारा आयोजित स्मृति दिवस कार्यक्रममा बोल्दै समाजका अध्यक्ष लोककृष्ण भट्टराईले उत्पादन र आत्मनिर्भरताका लागि कृषि क्रान्तिको बाटो अँगाल्नु पर्ने नेपालमा पुष्पलालको लाइन विपरित रेमिट्यान्समुखी अर्थतन्त्र र दलाल पुँजिवाद हावी भएको बताएका थिए । उनले करोडौँ खर्च गरेर चुनाव जित्ने सांसदले पुष्पलाल र बीपीको बाटोमा काम गर्ने की विनोद चौधरी र खेतानवादमा लम्पसार पर्ने भन्ने प्रश्न गरेका थिए । बिकृतिलाइ सुधार गर्न बाध्य बनाउने गरी नयाँ प्रकारको आन्दोलन चलाउनुपर्ने धारणा उनले राखेका थिए ।

अर्का वक्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कम्युनिष्ट आन्दोलनमा वैचारिक विचलन मात्र होइन गद्धारी समेत भएको बताएका थिए । उनले सत्ताधारीलाई इंगित गर्दै ओम्नी, सुमार्गी र राजस्थानी गुट बीच तिब्र अन्तरविरोध देखिएको बताउँदै यथास्थितिमा रहने, चाहना राम्रो राखेर पहल प्रयास नगर्ने र रुपान्तरणको लागी एक्सनमै जाने ३ धारका बारेमा चर्चा गरेका थिए । आन्दोलनको आँधिवेहरी ल्याउने प्रतिबद्धता सहित उनले दलालहरुले बेचेको कुकुरको मासु नकिन्न आग्रह समेत गरे ।

कार्यक्रममा अतिथि वक्ता रहेका नेकपाका वरिष्ठ उपाध्यक्ष लोकनारायण सुवेदीले कम्युनिष्ट आन्दोलन भड्किएको बेला वर्षको १ पटक श्राद्ध दिएर नपुग्ने बताउँदै पुष्पलालले गरेका त्याग, योगदान र निष्ठालाई स्मरण गर्न निर्णायक रुपमा लाग्नु पर्ने बताएका थिए । उनले ‘बैठकमा सत्यमात्र बोल्ने हो भने ५० प्रतिशत समस्या समाधान हुन्छ’ भन्ने पुष्पलालको भनाइलाई खिल्ली उडाइएको धारणा राखे । सिद्धान्त, नैतिकता र इमान्दारीतालाई छाडेर वर्गघात गरिएकोले क्रान्तिकारी शक्तिको पुननिर्माण हुनुपर्ने बताएका थिए । भारतीय एकाधिकार पुँजिवादबाट मुक्त गरेर देशलाई स्वाधिन बनाउन नयाँ जनवादी आन्दोलन जरुर रहेको स्मरण उनले गराएका थिए ।

कार्यक्रमका अर्का वक्ता नरेन्द्रजंग पिटर ले नेपाली क्रान्तिको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटमा बिजय कुमार पाण्डेसंग बोलेको कुरा स्मरण गराउँदै ‘कम्युनिष्ट नरहने प्रतिबद्धता ’ व्यहवहारमा नै देखिएको स्मरण गराएका थिए । पुष्पलाल नमरुन्जेल गद्धार र मरेपछि महान मान्नेहरुलाई कसरी बुझ्ने भन्दै उनले क्रान्तिप्रति घात गर्नेहरु जोसुकै भएपनि थुक्न सक्नुपर्ने बताएका थिए । उनले उद्धारहरुका नयाँ वंशमा बस्ने की सम्बन्ध विच्छेद गर्ने पेचिलो प्रश्न बनेको बताउँदै इतिहासको मजाक गर्नेहरुसँग सतर्क नै रहनुपर्ने बताएका थिए ।

कार्यक्रममा पुराना कम्युनिष्ट खड्गबहादुर गुरुङले पुष्पलालले दिएको उर्जाका कारण नै आफूले पर्वतको चुवाकाण्डमा नेतृत्व गरेको, स्याङ्जा, नुवाकोट, कास्की र दमौली जेल ब्रेक गरेको कथा सुनाएका थिए भने अध्ययन समाजको सल्लाहकार रहेका तथा वि.सं २०२१ मा पुष्पलालबाटै पार्टी सदस्यता लिएका मोहनबहादुर केसीले पुष्पलालसँगका पुराना अनुभवसहित सिद्धान्त, संगठन र संघर्षका विषयबारे धारणा राखेका थिए ।

समाजका उपमहासचिव हरिहर खरेलद्वारा सञ्चालित सो कार्यक्रममा उपाध्यक्ष तथा सांसद राजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । नेपाल ल क्याम्पसको पुस्तकालयकक्षमा सामाजिक दुरीसहित सम्पन्न सो कार्यक्रमका अधिकांश सहभागी पुराना कम्युनिष्टहरु रहेका थिए ।

वि.सं.२०७७ साउन ८ बिहीवार १७:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...