back
CTIZAN AD

बढ्दै अमेरिका–चीन तनाव, दोस्रो दूतावास पनि बन्द गराउने ट्रम्पको चेतावनी

वि.सं.२०७७ साउन ८ बिहीवार

1K 

shares

काठमाडौं । अमेरिका–चीन तनाव उच्च स्थितिमा बढेको छ । ह्यूस्टस्थित चीनको दूतावास बन्द गराउन निर्देश गरेको अमेरिकाले फेरि अर्को दूतावास पनि बन्द गराउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार चीनको अर्को दूतावास पनि बन्द गरिदिने चेतावनी दिएका हुन् ।

यसअघि बुधबार मात्रै अमेरिकाले ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

अमेरिकाले आफ्नो बौद्धिक सम्पदा र निजी सूचनाको रक्षाको निम्ति यस्तो कदम चालेको बताएको छ । बिहिबार ह्वाइट हाउसमा प्रेस कन्फ्रेसलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी जनताको हितको निम्ति आवश्यक जुनसुकै कदम चालिने बताए । उनले आवश्यक परे तत्कालै अर्को दूतावास पनि बन्द हुनसक्ने स्पष्ट पारे ।

ट्रम्पले दूतावासमार्फत चीनले जासूसीका गतिविधि गरेको आरोप लगाएका छन् । चीनले अमेरिकी सम्प्रभूता उल्लंघन गरेको ट्रम्पको भनाई छ ।

‘ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्न गरिएको आदेशपश्चात त्यहाँ केहि दस्तावेज जलाइएको कुरा सुन्नमा आएको छ, यसले निकै संशय पैदा गराएको छ’, ट्रम्पले भनेका छन्, ‘हामीलाई यदि जरुरत पर्छ भने चीनको दोस्रो दूतावास पनि बन्द गर्न सक्छौं ।’

ट्रम्पले दूतावासमार्फत चीनले जासूसीका गतिविधि गरेको आरोप लगाएका छन् । चीनले अमेरिकी सम्प्रभूता उल्लंघन गरेको ट्रम्पको भनाई छ ।

ट्रम्पको पछिल्लो भनाईसँगै अमेरिका–चीन तनाव थप बृद्धि हुने देखिएको छ । यसअघि अमेरिकी कदमप्रति चिनियाँ विदेश मन्त्रालयले उचित जवाफ फर्काउने चेतावनी दिएको थियो । एजेन्सीबाट

सम्बन्धित समाचार

ट्रम्पका पूर्व मुख्य रणनीतिकारको खुलासा : चीनको विरुद्व अमेरिका युद्धको अन्तिम तयारी गर्दैछ

चरमतातिर पुग्यो अमेरिका–चीन तनाव, ७२ घण्टाभित्र वाणिज्य दुतावास बन्द गर्न अमेरिकाको निर्देशन

वि.सं.२०७७ साउन ८ बिहीवार १७:४५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...