back
CTIZAN AD

बेल्जियमबाट दामोदर आचार्यले लेखे नेकपा नेता नारायणकाजीलाई खुलापत्र

वि.सं.२०७७ साउन ११ आइतवार

834 

shares

बेल्जियममा रहेका दामोदर प्रसाद आचार्यले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता नारायणकाजी श्रेष्ठलाई खुलापत्र लेखेका छन् ।

नेता नारायणकाजीले आइतबार देशमा पछिल्लोपटक न्यायालय, सुरक्षाक्षेत्र लगायतबाट सिंगो राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी भइरहेका पछिल्ला गतिबिधिले जनतामा निराशा बढ्दै गएको अभिव्यक्ति सामाजिक संजालमार्फत् दिएपछि आचार्यले पनि सामाजिक संजालमार्फत नै नेता श्रेष्ठलाई खुलापत्र लेखेका हुन् ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यले नेता श्रेष्ठलाई खुलापत्र लेख्दै भनेका छन्, ‘दुई तिहाइ जनमत प्राप्त एउटा प्रगतिशील राजनीतिक पार्टीको सरकारबाट देश र जनताले जे अपेक्षा गरेका थियौ, आजसम्म आइपुग्दा त्यसको ठीक विपरित परिणामले स्वदेश र विदेशमा रहनुभएका आम जनसमुदायमा निराशा छाउदै गएको सर्वविदितै छ ।’

यस्तो छ आचार्यले लेखेको खुलापत्र

आदरणीय कमरेड नारायण काजी श्रेष्ठ ‘प्रकाश’
बेल्जियमबाट हार्दिक न्यानो अभिवादन !
म यहाँ सातामा ३ पटक डायोलाइसीस गराउदै उपचाररत अवस्थामा छु । कुशल नभएता पनि सामान्य अवस्थामा रहेको जानकारी गराउँदछु । त्यहाँ तपाई र तपाईको सपरिवारको कुशलताको लागि कामना गरिरहेको छु ।

देशको अत्यन्त बिग्रदो विकसीत राजनीतिक परिस्थितिलाई विदेशबाटै नियालिरहेको छु । र म देशको दिन प्रतिदिन थप बिग्रदो राजनीतिक भयावह अवस्थाले अत्यन्त चिन्तित छु ।

दुई तिहाइ जनमत प्राप्त एउटा प्रगतिशील राजनीतिक पार्टीको सरकारबाट देश र जनताले जे अपेक्षा गरेका थियौ, आजसम्म आइपुग्दा त्यसको ठीक विपरित परिणामले स्वदेश र विदेशमा रहनुभएका आम जनसमुदायमा निराशा छाउदै गएको सर्वविदितै छ ।

यो वास्तविकतालाई कोहि कोहिले प्रयत्न गरे पनि छेक्न भने सम्भव छैन् । त्यो छेक्ने प्रयास भनेको सुर्यलाई हातले छेक्न खोजे जस्तै हो । तसर्थ, यथार्थता अब कसैले लुकाउन खोज्दैमा लुक्ने स्थिति रहेन । यसर्थ, आज सामाजिक संजाल फेसबुकमा तपाईले सही विषयको उठान गर्नुभएको छ ।

यसै सन्दर्भमा तपाई समक्ष म मेरा केहि शब्दहरू राख्ने अनुमति माग्दै हजुरको ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो, अब नेपालमा भएका वास्तविक प्रगतिशिल राजनीतिक शक्तिहरू गोलबन्द हुन ढिला नहोस् ।

दोस्रो, अहिलेको समयको माग र जनताको चासोको महत्वपूर्ण विषयहरू के के छन् भन्ने विषयमा मैले भनिरहनु पर्दैन । ती जगजाहेर छन् । ती मागलाई परिणाममूखी बनाउने उद्देश्यको दिशामा अगाडि बढ्न बोल्ड निर्णय गर्न भने अब ढिला गर्नु हुदैन । अन्यथा, अंशमा होईन, समग्रमा नै प्रगतिशील शक्तिको पतन निश्चित छ ।

अन्तमा, तपाईहरूका सद्प्रयास सम्पूर्ण रूपमा सफल होस् मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै प्रवासबाट ऐक्यवद्दता जनाउँदछु । यसलाई एउटा प्रवासीको तर्फबाट हार्दिक अपिलको रूपमा ग्रहण गरिदिनु हुन पनि सविनय अनुरोथ गर्दछु ।

कमरेडली अभिवादन सहित !
प्रार्थी
दामोदरप्रसाद आचार्य
बेल्जियम

सरकार र न्यायलयमाथि प्रश्न गर्दै नेकपा प्रवक्ताले भने, ‘हद भयो, असह्य भयो’

वि.सं.२०७७ साउन ११ आइतवार १९:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...