back
CTIZAN AD

रक्षा, अर्थ र स्वास्थ्य मन्त्रीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी, के होला त छानविन ?

वि.सं.२०७७ साउन ११ आइतवार

909 

shares

काठमाडौं । कोरोना भाइरस संक्रमितको लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा व्यापक अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ‘इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताले रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित केहि कर्मचारीमाथि छानविनको माग गर्दैै उजुरी गरेका हुन् ।

उजुरीमा चीनबाट स्वास्थ्य साम्रागी तथा उपकरण खरिद गर्दा ओम्नी समुहलाई दिइएको ठेक्कामा अनियमितता भएको भन्दै ठेक्का प्रक्रियामाथि अनुसन्धानको माग गरिएको छ । उजुरीमा संलग्न सबैमाथि छानविन गर्न माग गरिएको छ ।

उजुरीमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि छानविन गर्न माग गरिएको छ । खरिद प्रक्रियामा स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग प्रमुख र सल्लाहकारको समेत मिलेमतोको आशंका गरिएको छ ।

खरिद प्रक्रियामा अर्थमन्त्रालयले कुनै प्रकारको अनुगमन नगरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै अर्थमन्त्री खतिवडामाथि पनि अनुसन्धान गर्न माग गरिएको छ ।

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै यसअघि पनि अख्तियारमा उजुरी परेको थियो । इनफ इज इफ नामको समुहले यसअघि पनि स्वास्थ्यमन्त्री र रक्षामन्त्रीमाथि अनुसन्धान गर्न माग गर्दै रिट दायर गरेको थियो । यसैगरि उक्त प्रक्रियामाथि प्रश्न उठाउँदै साझा पार्टीका बागमती प्रदेश सांसद रमेश पौडेलले पनि उजुरी दायर गरेका थिए ।

उजुरी आए मन्त्री र सचिवलाई पनि छोड्दैनौं : अख्तियार प्रमुख

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले उजुरी आए मन्त्री र सचिवलाई पनि नछोड्ने बताएका छन् । आइतबार अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै घिमिरेले घुस मागेको र दिएको भनेर उजुरी आए छानविन गरि कारबाही गर्ने बताए ।

उनले मन्त्रीपरिषदका निर्णयमाथि अख्तियारले छानविन गर्न पाउने गरि कानून हुनुपर्ने माग गरे । अख्तिथयार प्रमुख घिमिरले कानूनको अभावमा मन्त्रिपरिषदको निर्णय छानविन गर्नमा समस्या भएको बताए ।

यस्तो छ उजुरी

वि.सं.२०७७ साउन ११ आइतवार १८:४७ मा प्रकाशित

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...