back
CTIZAN AD

फरक ढंगले समाचार आएकोप्रति मन्त्री बस्नेतको आपत्ति

वि.सं.२०७७ साउन १३ मंगलवार

825 

shares

१३ साउन, काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आफूले बोलेको भन्दा फरक ढंगले समाचार तथा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको प्रति गम्भिर आपत्ति जनाएका छन् ।

यहि श्रावण २ गते चितवन माडी नगरपालिकाको कुसुमखोला क्षेत्रमा भएको घट्ना सम्बन्धमा आएका समाचार तथा टिकाटिप्पणीका सन्दर्भमा उनले सो आपत्ति व्यक्त गरेका हुन् ।

छलफलका क्रममा उठेका विषय सन्दर्भको अंशलाई लिएर कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचार र प्रतिक्रिया हेर्दा आश्चर्य लागेको उनले बताएका छन्न् ।

मन्त्री बस्नेतले ‘चेपाङ्ग बस्तिमा काजिमान प्रजाको परिवार बस्ने घर भन्दा अलग्गै रहेको निजकै गोठमा आगजनि भएको र मकै हेर्नका लागि बनाएका अन्य केहि ब्यक्तिको मचानहरु समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको र घट्ना एवं विषयको गंभिरता र संवेदनशिलतालाई ख्याल गरेर मन्त्रालयको तर्फबाट तत्काल छानविन समिति बनाई फिल्डमा खटाईएको र उहाँहरुको रिपोर्ट आईसके पछि मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरेको’ बताएका छन् ।

अझ परिस्थितिको गंभिरतालाई ध्यान दिदै कानुन तथा मानवधिकार समितिलाई समेत थप अध्ययनको लागि टिम पठाउनको लागी समेत आफूले अनुरोध गरेको, परिवर्तित समय र परिस्थितिमा आगजनि र हात्तीको प्रयोग उपयुक्त नहुने धारणा पनि ब्यक्त गरेको स्पष्ट पार्दै उनले स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआँउदै मन्त्रीले आफ्नो निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर ब्यक्तिगत निश्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत नगरिएको समेत बताएका छन् ।

उनले सोमबार समितीको टोली काठमाण्डौं फर्किएको र प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेको जानकारी दिँदै अबको २र३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्ने बताएका छन्।

उक्त प्रतिवेदनसहित विभिन्न क्षेत्रबाट भईरहेको अध्ययनको निश्कर्षहरुलाई समेत ध्यान दिदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्ने जानकारी दिँदै गल्ति कमजोरीको ढाकछोप होईना उचित कारवाहि गर्न मन्त्रालय सहित सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

वि.सं.२०७७ साउन १३ मंगलवार ११:४१ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...