back
CTIZAN AD

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट जिल्ला

वि.सं.२०७७ साउन १३ मंगलवार

879 

shares

१३ साउन, सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो ।

गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६र७७ मा कार्यसम्पादन मूल्याङ्कन सम्झौता भएको थियो । छ मुख्य क्षेत्रलाई आधार मानेर १०० भन्दा बढी विषय मापनबाट हुने यो मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्टभित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्याङ्कनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।

आव ०७६ र ७७ मा सचिव र प्रजिअ बीचको कार्यसम्पादनका साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्याङ्कनको आधार हो । शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामूहिक सुधारको वातावरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्याङ्कन गरी ग्रेड छुट्याइन्छ ।

जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ‘क’मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।(रासस)

वि.सं.२०७७ साउन १३ मंगलवार १३:५९ मा प्रकाशित

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...