back
CTIZAN AD

नेकपा फुट्ने कि जुट्ने ?

वि.सं.२०७७ साउन १९ सोमवार

759 

shares

छ महिना अगाडी पार्टीका नेताहरूले भनेका थिए, ‘सरकारले राम्रो काम गरेको छ र अझ परिणाम आउदैछ । ’ यो बीच प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भए । उपचार सफल भयो । कम्तिमा रोग अनुसार केहि महिना आराम जरूरी अनिवार्य थियो । कोरोना माहामारी नेपाल लगायत संसारभर आयो । राज्य, उद्योग, घर, धर्म, शिक्षा, बाटो, आवत–जावत सबै ठप्प भयो । यहि बिचमा भारतले नेपालको जमिन समेटेर नया नक्शा जारी गर्यो । नेपालले पनि नक्शामा छुटेको र भारतले जवर्जस्ती अतिक्रमण गरिबसेको जमिन समेटेर नयाँ नक्शा जारी गर्यो ।

पुराना सन्धी लगायत कयौ बिषय समाधान गर्न भनि दुइ देशका बिज्ञहरूको सुझाब संकलन गर्न संयुक्त रुपमा लगाएपनि भारत यसमा सकारात्मक देखिएन । भारतले बिज्ञहरूको सुझाब लिन मानेन । यसको अर्थ भारत समस्या समाधान गर्न, नेपालको जमिन छोड्न र सिमाना मिच्ने काम रोक्न चाहदैन भन्ने जनाउ दिदै थियो । झन नक्शा जारी र सडक उद्घघाटन गरेर भारत नेपाललाइ घात गर्न चाहन्छ भन्ने प्रमाणित गरिरहेको थियो । भारतको यस्तो प्रवृत्तिदेखि ओली सरकार चुप रहेर बस्न सकेन । नेपाली जनता, दल र आफ्नै पार्टीको सुझाब दबाव र भारतको व्यवहारले निराश बनेका ओली समेत आक्रोस देखाउन बाध्य हुनुपर्याे । भारत ओलीसँग वार्ता गर्न नचाहने, सरकार ढाल्ने हल्ला फैलाउने र ओली सरकारलाइ काम गर्न सहज वातावरण रहन नदिन उद्धत रहदै गयो । महामारी र भारतीय अतिवादी व्यवहारबीच आफ्नै पार्टीका नेताहरू सरकारले काम गरेन भन्दै पत्रिका, टिभी र समुहगत बैठकतिर देखिन थाले ।

माहामारी र भारतीय व्यवहारले कामका राम्रो परिणाम आउन नसकेको स्थितिमा आफ्नै पार्टीका नेताहरू सरकारको बिरोधमा उत्रन थालेपछि ओलीसरकार हटाउन भारत लागी परिरहेको छ र यसमा आफ्नै दलका केहि नेताहरू प्रयोग भैरहेका छन् भनेर आक्रोश पोख्दा परिणाम र वातावरण झन गलत स्थितीतर्फ पुग्यो ।

ओलीले कुनै नेताको नाम उच्चारण नगरे पनि केहि नेता भन्नासाथ मलाइ नै भनेको भनेर प्रचन्ड आक्रोशित बन्दै ‘भारतले होइन, मैले राजिनामा मागेको’ भन्दै दुबै पदबाट ओलीको राजीनामा माग्न पुगे । यही मौका छोपी माधव र झलनाथले प्रचन्डलाइ उचाल्न थाले । भीम रावल, रघु, मातृका, अष्टलक्ष्मीहरु व्यक्तिगत असन्तुष्टि र सत्रुता साध्न उद्धत भए । न ओलीलाइ न प्रचन्डलाइ सम्झाउने र थमथमाउने नेता, कार्यकर्ता देखिए । उल्टै पक्ष–विपक्ष लिएर वाक युद्ध, लेख युद्ध, कमेन्ट युद्धमा नेता कार्यकर्ताहरू उत्रिए ।

बिगत केहि महिनामा सरकारले त्यस्तो के गलत काम गरेको थियो, जुन बेला माहामारी फैलंदै थियो र प्रधानमन्त्री बिरामी भै अस्पताल र आवासमा सुतिरहेका थिए । यस बेला कसरी र कस्को नेतृत्व र भुमिकाबाट नेकपा बन्यो र झन्डै दुइ तिहाइ बहुमतमा नेकपा पुग्यो यो सबै कुरा बिर्सिइयो । सहमति गर्ने, तोड्ने, पुन नयाँ सहमति गर्ने कामहरू प्रचन्ड र ओलीबीच भए । सरकार ओलीले र पार्टी प्रचन्डले चलाउने भन्दा पनि न सरकारलाइ चल्न दिइयो न पार्टी चलाइयो ।

बोल्नै नपर्ने बिषयमा बोल्दा स्थिती बिग्रिन्छ भन्ने सुझबुझ ओलीमा नहुनु , आक्रोस माथी आक्रोस पोख्दा दुर्घटना घट्न पुग्छ भन्नेमा प्रचन्डको दुरदर्शिता नदेखिनु, स्थिती सम्हाल्ने भन्दा बिगार्ने , उचाल्ने र शत्रुता साध्ने काममा माधव झलनाथ देखिनु, युवा र दोस्रो तहका नेताहरू गुट र मुख्य नेता रिसाउलान र अवसर र स्थान गुम्लान भनेर चुप रहनु वा उचाल्ने र पछार्ने तहमा केहि देखिनु र भारतको कपटपुर्ण व्यवहार थोपरीनु नेकपाको बर्तमान संकटका मुख्य कारणहरु हुन ।

कुरा यहीबाट बिग्रिएको थियो । सरकार चलाउनेले आफु सफल हुन र परिणाम प्राप्त गर्न आफ्नै टिम स्वभाविक बनाउछन । पार्टी चलाउन आफ्नै टिम स्वभाविक बनाउछन् तर सरकारमा आफ्नो अस्तित्व देखाउन र बनाउन खोज्दा प्रचन्ड, माधव र ओलीहरू बिच असमझदारी बढदै गए । यता पार्टीमा प्रचन्ड र माधवहरूका आधिपत्य बन्ला भनेर पार्टीका गरिनु पर्ने काम र बाँकी एकिकरणतिर ध्यान र साथ सायद ओलीहरूबाट प्रचन्ड माधवहरूलाइ पनि दिनुपर्ने जति दिइएन । सरकारतिर ओली बलियो र लोकप्रिय बन्दै गए पुनः अर्को चुनाबपछि ओली नै प्रधानमन्त्री बन्न खोज्ने हुन कि भन्ने डर र आशंकामा माधव प्रचन्डहरू पिरोलिदै गए कि ? भन्ने पनि आशंका देखियो ।

यता ओली पार्टी र प्रमुख नेताहरूसँग सहमति र सल्लाह नगरी आ–आफ्ना मानिस राख्दै र सरकार चलाउदै गए भन्ने आरोप देखिन थाले । सायद बिरामीको कारण सत्ता हाम्रै हातमा आउने नै हो भन्ने आशा र निशाना ओलीको स्वास्थ्य र जनताको पाच वर्षें स्थिर सरकार भन्ने चाहानाले उल्टाइ दियो कि ? आफ्ना सबै निजी सम्पति ट्रस्टको नाममा दिदा माधव र प्रचन्डहरूलाइ पनि नैतिक दबाब पर्न गयो कि ? सायद समाजवादमा निजी जमिन र सम्पति नेताहरूको हुदैन कि ? संविधान र ओलीको कारण जमिन र सम्पति राज्यलाइ दिन दबाब आइ पर्यो कि ? आक्रोस र शंकाले दुबै खेमा पिरोलिएको टिप्पणी आए । बोल्नै नपर्ने बिषयमा बोल्दा स्थिती बिग्रिन्छ भन्ने सुझबुझ ओलीमा नहुनु , आक्रोस माथी आक्रोस पोख्दा दुर्घटना घट्न पुग्छ भन्नेमा प्रचन्डको दुरदर्शिता नदेखिनु, स्थिती सम्हाल्ने भन्दा बिगार्ने , उचाल्ने र शत्रुता साध्ने काममा माधव झलनाथ देखिनु, युवा र दोस्रो तहका नेताहरू गुट र मुख्य नेता रिसाउलान र अवसर र स्थान गुम्लान भनेर चुप रहनु वा उचाल्ने र पछार्ने तहमा केहि देखिनु र भारतको कपटपुर्ण व्यवहार थोपरीनु नेकपाको बर्तमान संकटका मुख्य कारणहरु हुन । यसबाट पार पाउन अब दुबै पक्षले त्याग र संयम गर्न सक्नु पर्छ । त्यो भनेको प्रचन्डलाइ एकल पार्टी अध्यक्ष सहित पार्टी मात्र चलाउन दिने र सरकारमा ओलीलाइ कुनै दबाब र हस्तक्षेप नगर्ने । ओलीले पार्टी महाधिवेशन र हुने नया पदाधिकारी प्रति कुनै चासो र भुमिका नखेल्ने । आखिर महाधिवेशन र आमचुनाब पछि प्रचन्ड नै प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने होे भने किन ओली चार पाँच महिनाको लागी अध्यक्ष भै रहने ? प्रचन्डलाइ एकल अध्यक्ष भइ पार्टीको काम गर्न दिने र ओलीले पाच वर्ष सरकार चलाउने गर्दा नै राम्रो हुन्छ ।

प्रधानमन्त्री भैसकेका कोही पनि राष्ट्रपति नबनाइने, प्रचन्ड यसपछिको पाच वर्ष मात्र प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने र क्रमश युवा र दोस्रो तहमा सरकार र पार्टीको नेतृत्व हस्तान्तरण गरि दिने, सबै बुढा नेताहरूलाइ सम्मानजनक स्थान दिदै नेतृत्वबाट बिदाइ गर्ने, पार्टी र सरकार पार्टीको घोषणापत्र र संविधानको उदेश्य सहित लक्ष्य र काममा लाग्ने, सबै राजनैतिक नियुक्तिहरूमा सहमतिका साथ योग्य दक्ष विज्ञहरू राख्दै जाने, आफन्त र परिवार सदस्यलाइ नियुक्तिमा पुर्णत बन्देज लगाउने, जनताका चाहाना र आशाहरू प्रति संम्वेदनशिल र इमान्दार हुदै काम गर्न सकियो भने नेकपा फेरी बौरीहाल्न सक्छ ।

सबै छिमेकी र विदेशी मित्र राष्ट्र र सरकारहरू संग पार्टी, सरकार र प्रतिपक्षी दलहरू सहित देश र राष्टको हितका काममा विवाद र अबरोध बिहिन हुने गरी परियोजना र आवधिक आयोजनाका काम गर्दै र सम्पन्न बनाउदै जानुको बिकल्प छैन । आखिर केहि महिनापछि अध्यक्ष ओलीले छोड्ने र प्रचन्ड एकल अध्यक्ष बन्ने नै हो भने अहिले नै ओलीले प्रचन्डलाइ एकल अध्यक्ष बनाउने काम गरौ । अर्को चुनाब पछि प्रचन्ड नै प्रधानमन्त्री हुने हो भने हाललाइ ओलीलाइ नै प्रचन्डले पाच वर्ष प्रधानमन्त्री हुन सहयोग गरौ । सायद यसो गरिए सरकार र पार्टी दुबै जोगिन सक्छ ।

 

वि.सं.२०७७ साउन १९ सोमवार ०९:५० मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...