back
CTIZAN AD

काँग्रेसलाई क्रियासिल सदस्यता बितरणको चटारो

वि.सं.२०७७ साउन १९ सोमवार

894 

shares

१९ साउन, मुगु । नेपाली काँग्रेस मुगुलाई हिजोआज क्रियासिल बितरण गर्न चटारो उत्पन्न भएको छ । क्रियासिल बितरण कार्य सुरु भएपछि शहरतिर रहेका काँग्रेसका जिल्लास्तरका नेता गाउँ केन्द्रीत हुन थालेका छन् ।

वडा देखि स्थानीयतहस्तरका कार्यक्रता सदस्यासँग काँग्रेसका नेताहरु भेटघाटमा ब्यक्त देखिने थालेका छन् । नेताहरु गाउँ आएको देखेपछि कार्यक्रताहरु पनि उत्साहित बनेको देखिन्छ । बिगत बर्षहरुमा काँग्रेसको क्रियासिल सदस्यता लिन त्यति वास्ता नगर्ने कार्यक्रताहरु यो बर्ष क्रियासिल सदस्यता लिन निकै उत्सुकत्ता देखाएका छन् ।

क्रियाशील सदस्य बितरण कार्यलाई लक्षित गरि पूर्ब काँग्रेस पार्टी सभापति ऐनबहादुर शाही सोरु गाउँपालिका सोरुकोटमा पुगेर कार्यक्रता भेटघाट सदस्य बितरण बारे सबैलाई जानकारी र फारम पर्ने तरिका बिषयमा प्रशिक्षण दिएका छन् ।

आगामी १४ औं महाधिबेशसनमा कसरी प्रस्तुत हुने भन्ने जिल्लास्तरका नेताहरु सक्रिय देखिन थालेका छन् । फरक पार्टीका ब्यक्तिलाई पनि आफनो पार्टीमा प्रबेश गराउन काँग्रेसका नेताहरु सक्रिय देखिएका छन् । ‘जसरी किसानलाई खेतीपातीको चटारो हुन्छ, त्यसरी नै हिजाआज हामीलाई क्रियासिल सदस्यता बितरण कार्यक्रता भेटघाटमा चटारो उत्पन्न भएको छ ।’ काँग्रेस पूर्वसभापति ऐनबहादुर शाहीको भन्छन् । समाबेशीका हिसावले नयाँ क्रियासिल सदस्यता बितरण गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाई छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार सोरु, खत्याड, मुगुम कार्मारोङ गाउँपालिका सहित छायाँनाथ रारा नगरपालिका भित्र रहेका १२ सय ६५ जना सदस्यको नबिकरण र ६ सय ६० जनालाई थप नयाँ सदस्यता बितरण कार्य सुरु गरिएको काँग्रेस पार्टी सचिव मञ्जनबहादुर कार्कीले जानकारी दिए । नबिकरण र नयाँ सदस्यता बितरण गर्ने काम पार्टीको वडा कार्य समितिका सभापतिको जिम्मा लगाइएको कार्कीको भनाई छ ।

मुगु जिल्ल्लाको प्रदेश(ख)मा ६ सय ९६ जनाको नबिकरण र ३ सय ४८ जनालाई नयाँ सदस्यता प्रदान गरिने भएको छ प्रदेश(क)मा ३ सय १२ जना सदस्यको नबिकरण र ६ सय ६९ जनालाई नयाँ सदस्यता दिइने काँग्रेस पार्टी सभापति खडगबहादुर शाहीको भनाई छ । क्रियासिल सदस्यता फारम रसिद प्रत्येक गाउँबस्तीमा पुगि सकेको सभापति बताउँछन् ।
नेपाली काँग्रेसले नबिकरण सदस्य शुल्क प्रतिबर्ष २ सय र नयाँ सदस्य शुल्क प्रति ब्यक्ति ३ सय कायम गरिएको पार्टी सभापतिले बताए ।

साउन र भदौ महिना भित्र नबिकरण र नयाँ सदस्यता बितरण कार्य सकेर भदौ मसान्त भित्र सदस्यताको सबै बिबरण काँग्रेस केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने नियम रहेको सचिव कार्कीको भनाई छ ।

आफ्नै भवन बनाउँदै
नेपाली काँग्रेस मुगुको इतिहासकाल पछि पहिलोपटक गमगढीमा पार्टी कार्यालय बनाउन थालिएको छ । भाडामा पार्टीको कार्यालय बसाल्दै हैरान भएका नेताहरु अब केही समय पछि आफनै पार्टी कार्यालयमा रहेर काँग्रेसका नेता तथा कार्यक्रता कामकाज गर्ने पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिक पक्की पार्टी कार्यालय भवन निर्माण कार्य धमाधम भई रहेको सभापति खडगबहादुर शाहीको भनाई छ ।
लामो समयपछिको अथक प्रयासले पार्टी कार्यालय बन्न थालेको सभापतिको भनाई छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १०:०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...