२१ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९ लाख ६ हजार ६ सय १३ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार ८ सय २० रहेको छ ।
पछिल्लो २४ घण्टामा ५१ हजार २ सय ८२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय ४९ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ८७ लाख १ हजार ६ सय ७२ पुगेको छ भने ७ लाख ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन २१ बुधवार ०९:१५ मा प्रकाशित





























