२१ साउन, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ५४ हजार ५ सय ४ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरीकामा कोरोना संक्रमितको संख्या ४९ लाख १८ हजार ४ सय २० पुगेको छ भने संक्रमणबाट १ लाख ६० हजार २ सय ९० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन २१ बुधवार ०९:२० मा प्रकाशित





























