२२ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बुधबार भारतमा ५६ हजार ६ सय २६ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय १९ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २ सय ३९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय ३९ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ८९ लाख ७५ हजार २ सय ५४ पुगेको छ भने संक्रमणबाट ७ लाख ११ हजार २ सय २० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन २२ बिहीवार ०९:१३ मा प्रकाशित





























