back
CTIZAN AD

छायादत्त न्यौपाने ‘बगर’का केही साइनोलाई अध्ययन गर्दा

वि.सं.२०७७ साउन २२ बिहीवार

1K 

shares

साइनोको आरम्भ गरी एक वर्षमा ३६५ साइनो विभिन्न पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित गराउनु उनको साइनोप्रतिको विशिष्ट पहिचान हो । उनका साइनोमा सामाजिक बेथितिप्रति प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विषयलाई बढी आत्मसाथ गर्नु, प्रकृति चित्रण गर्नु, मनोरञ्जन अर्थात् प्रेमिल भाव अभिव्यक्त हुनु, कटाक्ष रूपमा व्यङ्ग्य प्रहार गर्नु, श्रमप्रतिको सम्मान अभिव्यक्त हुनु र भूगोल तथा मानवताको पक्ष अगाल्नु जस्ता विशेषता देखिन्छन् । उच्च भाव, अनुप्रास, रसको परिपाक, अलङ्कारयुक्त भाषा, संरचना, भाव, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, प्रेमिल र आध्यात्मिक पक्षले बगरका साइनो बढी तेजिला र गर्भिला बनेका छन् ।

१. विषय प्रवेश
छायादत्त न्यौपाने ‘बगर’ नेपाली वाङ्मयमा कलिला मुनादेखि भरिला फाँटमा अनि हिमालका काखमा सलबलाएर सिर्जनाका थुँगाहरू सजाउने सिर्जनशील योद्धा हुन् । साइनोको प्रार्दुभाव गराउनुका साथै यसको सैद्धान्तिक पक्षलाई अगाडि बढाई नेपाली साहित्यमा थप उपविधाको भण्डारण गरेका छन् । ‘बगर’ उपनामबाट परिचित छायादत्त न्यौपाने वि.सं. २०२२ साल असार १६ गते पर्वत जिल्लाको हुवास अमलडाँडामा आमा देवरूपा न्यौपाने र बुबा कमलप्रसाद न्यौपानेका पुत्रका रूपमा जन्मिएका हुन् । घरमै बुबाबाट अक्षरारम्भ गरेका न्यौपाने संस्कृतमा शास्त्री, नेपालीमा एम.ए. र बि.एड.सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षक जस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यक, शैक्षिक क्षेत्रमा रही सेवामूलक काम गर्दै आएका उनका धेरै कृतिहरू विविध विधामा प्रकाशित छन् । साइनोमा बढी रुचि राख्ने न्यौपाने वि.सं २०७६/४/१६ मा साइनो सिर्जना गरी साइनोको सुरुवात गर्ने व्यक्ति हुन् ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी ।
यो उनको पहिलो साइनो हो । साइनोको आरम्भ गरी एक वर्षमा ३६५ साइनो विभिन्न पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित गराउनु उनको साइनोप्रतिको विशिष्ट पहिचान हो । उनका साइनोमा सामाजिक बेथितिप्रति प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विषयलाई बढी आत्मसाथ गर्नु, प्रकृति चित्रण गर्नु, मनोरञ्जन अर्थात् प्रेमिल भाव अभिव्यक्त हुनु, कटाक्ष रूपमा व्यङ्ग्य प्रहार गर्नु, श्रमप्रतिको सम्मान अभिव्यक्त हुनु र भूगोल तथा मानवताको पक्ष अगाल्नु जस्ता विशेषता देखिन्छन् । उच्च भाव, अनुप्रास, रसको परिपाक, अलङ्कारयुक्त भाषा, संरचना, भाव, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, प्रेमिल र आध्यात्मिक पक्षले बगरका साइनो बढी तेजिला र गर्भिला बनेका छन् ।

२.सैद्धान्तिक आधार
साहित्यका विविध विधामध्ये साइनो कविता विधाअन्तर्गत पर्ने नवीनतम उपविधा हो । साइनो मानव मनबाट सिर्जित सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक आदि पक्षमा व्यङ्ग्य गर्दै सचेतताको खवरदारी गर्ने सात, आठ र नौ अक्षरको शब्दगुच्छामा तीन पङ्क्ति भएको स्वतन्त्र भाव प्रकट गर्ने सूत्रात्मक अभिव्यक्ति हो । साइनो कविताको लघु रूप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तत्त्वका हिसाबले यो आफैमा पूर्ण छ । साइनो नवप्रवर्तन नेपाली माटोमा उब्जिएको विधा भएकाले यसको लेखनका लागि संरचना, विषयवस्तु, भाव र लय, रस, अलङ्कार र ध्वनि, भाषाशैली र उद्देश्य आवश्यक साधन हुन् । साइनोलाई तत्त्वगत तथा अन्य भाव र पक्षका आधारमा पनि विश्लेषण गर्न सकिन्छ । साइनोमा आउने विविध विषयमध्ये यस लेखनीमा संरचना, भावरविचार, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, रसनिष्पत्ति र व्यङ्ग्यलाई आधार मानी छायादत्त न्यौपानेका केही साइनोहरूको अध्ययन गरिएको छ ।

२ः१ संरचना
संरचनाका हिसाबले साइनो आफैमा पूर्ण छ । नेपाली माटोमा उब्जिएर मौलिक अस्तित्व कायम गर्ने साइनो सूत्रात्मक गद्य कविताको एक रूप हो । छायादत्त न्यौपाने साइनोका सर्जक भएकाले संरचनागत हिसाबले हेर्दा प्रभावशाली देखिन्छन् । साइनोको आफ्नै विधान छ । विधान आफै बनिबनाउ हुँदैन । त्यो कहीँ न कहीँबाट सुरु भई त्यसको विकास हुन्छ । त्यसैले साइनोको संरचना अरु विधाभन्दा छुट्टै खालको छ । संरचनागत रूपमा बगरका साइनोलाई हेर्दा पहिलो लहर सात अक्षरको, दोस्रो लहर आठ अक्षरको र तेस्रो लहर नौ अक्षरको गरी जम्मा २४ अक्षरको पूर्णतामा रहेका छन् ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
प्रस्तुत साइनो छायादत्तको पहिलो साइनो हो । यो ७, ८, ९ को संरचनामा संरचित छ । पहिलो लहरको अर्थ आफैमा स्वतन्त्र छ । जसले मान्छे इमानदार नभएको कुरा सङ्केत गरेको छ । दोस्रो लहरमा धन सहरमा नभएको भाव व्यक्त छ भने तेस्रो लहरमा गरिबको झोपडीमा खाने खर्च नभएको कुरा अभिव्यक्त छ । यी तीनओटै लहरले स्वतन्त्र अर्थ प्रदान गरेका छन् । यस साइनोको समग्र अर्थ मान्छे इमानदार बन्न नसक्दा सहरमा श्रम गर्दा पनि धन नहुँदा अन्न नभई छटपटिनु परेको व्यङ्ग्यभाव अभिव्यक्त भएको छ । साइनोका तीन लहर आफैमा स्वतन्त्र भई साइनोको पूर्ण अर्थलाई आश्चर्यवाचक चिह्नले सङ्केत गरेको छ । स्वतन्त्र अर्थसहितको लहर छुट्याउन कुनै न कुनै भावअनुसारको चिह्नको सङ्केत दिइएमा त्यो अझ सरल र सहज बन्न जान्छ । बाह्य संरचनाका हिसाबले हेर्दा छायादत्तका साइनोमा गुण, लय र अक्षर गुच्छाको संयोजन छ । आन्तरिक संरचनालाई हेर्दा भाव, कला, भाषिक संरचना स्वतन्त्र अर्थ र समुच्चय अर्थको पूर्णता रहेको छ ।

२.२ भाव र विचार
न्यौपानेका साइनोमा भाव पक्ष सबल छ । कलात्मक वा बिम्बका सहायताले अभिव्यक्त हुने साइनो उत्कृष्ट हुन्छन् । त्यो स्वरूप न्यौपानेका साइनोगत कवितामा पाइन्छ । भाव वा विचारका हिसाबले हेर्दा उनका साइनोमा प्रायः सूत्रात्मक प्रस्तुतिमा सामाजिक बेथितिप्रति प्रहार, राष्ट्रिय चेतना, देशप्रेम, संस्कृतिप्रतिको मोह, मानवीय संवेदना, श्रमप्रतिको सम्मान अभिव्यक्त भएको देखिन्छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटोको सम्बन्ध
जनजीवनको सुगन्ध ।
त्रिपदमा आबद्ध प्रस्तुत साइनोमा हरेक लहर वा गुच्छामा स्वतन्त्र अर्थ रहेको छ । पहिलो गुच्छामा हामीमा सिर्जनाको सूत्र भएकाले त्यसबाट अगाडि बढ्न सक्ने सङ्केत गरेको छ । दोस्रो लहरले मानिस र माटोबिच सम्बन्ध रहने कुराको जानकारी गराएको छ भने तेस्रो लहरले जनजीवनको सम्बन्ध मिठो हुने भाव व्यक्त गरेको छ । समग्रमा साइनोले हाम्रो सिर्जना भनेको मन र माटोको सम्बन्ध हो, जसले मानव जीवनमा सुगन्ध बर्षाउँछ भन्ने भाव व्यक्त गरेको छ । मन र माटोसँगको सम्बन्ध अनि मायाले जीवनमा सुगन्ध आउने भाव अभिव्यक्त गरेका छन् ।

वि.सं.२०७७ साउन २२ बिहीवार १५:२१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...