back
CTIZAN AD

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

वि.सं.२०७७ साउन २२ बिहीवार

756 

shares

x२२ साउन, वासिङ्टन (रासस–सिन्ह्वा) । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।

अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी) का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड–१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ ।

जुलाईमा ठूला कम्पनीहरुले एक ला २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए । तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो ।

कोरोनाभाइरसका कारण लकडाउन गरिएपछि संयुक्तराज्य अमेरिकामा गत मार्च महिनामा तीन लाख दुई हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो । अप्रिल महिनामा निजी क्षेत्रले झण्डै दुई करोड रोजगारी कटौती गरेका थिए ।

अमेरिकी श्रम विभागले निजी र सरकारी दुबै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिबेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १७:१८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...