back
CTIZAN AD

वामदेव गौतम भन्छन्, ‘लगानी बोर्डको सिइओ नियुक्तिमा मेरो नाम जोडेर भ्रम छरियो’

वि.सं.२०७७ साउन २३ शुक्रवार

756 

shares

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले लगानी बोर्डको सिइओ सुशील भट्ट नियुक्तिमा आफ्नो नाम जोडिएको भन्दै दुःखेसो पोखेका छन् । उनले सिइओ नियुक्तिमा आफुँले प्रधानमन्त्री वा कसैसँग कुरा नगरेको पनि स्पष्ट पारेका छन् ।

शुक्रबार एक प्रेस नोट सार्वजनिक गर्दै गौतमले आफ्नो सरोकार नै नभएको विषयमा जोडेर भ्रम पारिएको बताए । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ’ गौतमले भनेका छन्, ‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।’

साउन १९ मा बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको थियो । विवादित छविका भट्टको नियुक्तिप्रति नेकपाभित्रै तिव्र विरोध भएको थियो ।

भट्टको नियुक्तिप्रति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई भेटेर असहमती जनाएका थिए । प्रचण्डले असहमती जनाएको नियुक्तिप्रति उपाध्यक्ष गौतम नाम जोडिएको थियो । गौतमको ६ बुँदे प्रस्ताव र सिइओ नियुक्तिलाई लिएर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा भएको थियो ।

‘म कुनै गुटमा छैन्’

यसैबीच गौतमले आफुँ कुनै गुटमा नभएको पनि बताएका छन् । प्रेस नोटमार्फत नै उनले पार्टीभित्रको मुख्य तीन गुट (ओली, प्रचण्ड र माधव नेपाल)मा नरहेको पनि दाबी गरेका छन् । गौतमले आफुँ पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

यस्तो छ वामदेव गौतमको प्रेस नोट

१. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ । तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।

२. अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समुह वनेका छन् । यी समुह संग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ। म समुहगत रुपमा यी कसै संग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाऊदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।

३. ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाहरुले वोलाउदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि वहांलाई गंभीर आलोचना गर्ने गरेको छु। क . प्रचन्डलाई पनि वहाकै अगाडि वहाको आलोचना गर्ने गरेको छु।

पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेला लाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुट संग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।

वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वि.सं.२०७७ साउन २३ शुक्रवार १७:२४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...