back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट आजपनि ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७० पुग्यो

वि.सं.२०७७ साउन २३ शुक्रवार

879 

shares

२३ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा पर्साका मात्रै ३ जना रहेका छन् भने सिराहा र सर्लाहीका १/१ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएकामा पर्साको विरगन्ज महानगरपालिका वडा नं ९ माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो पाटन अस्पतालमा मृत्यु भएको हो । उनमा मधुमेह र रक्तचापको समस्या रहेको थियो ।

वीरगन्ज महानरगपालिकाकै वडा नं ११ श्रीपुरका ७९ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएको छ । घरमै मृत्यु भएका उनको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै विरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुरकै अर्का ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २२ गते विहान गण्डक अस्थायी कोभिड अस्पताल विरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि गरिएको श्वाव परीक्षणमा कोरोना पुष्टि भएको हो । उनमा मधुमेह र उच्च रक्तचाप र मुटुको समस्या रहेको बताइएको छ ।

सिरहाको गोलवजार नगरपालिका वडा नं १२ का २५ वर्षीय युवकको पनि संक्रमणकै कारण मृत्यु भएको छ । साउन २२ गते राति १०ः४५ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । मिगौलामा समस्या भएर डाइलोसिस गराइरहेका उनलाई स्वास्थ्यमा समस्या बढी देखिएपछि जनकपुरबाट त्यहाँ रिफर गरिएको थियो ।

त्यसैगरी सर्लाहीको बसन्तपुरका ४५ वर्षीय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनको साउन २३ गते विहान पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

आज ५ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६५ पुग्यो

 

वि.सं.२०७७ साउन २३ शुक्रवार १७:४५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...