back
CTIZAN AD

गीतकार शोभा केसीको तिज गित ‘छम छम बजाउँदै चुरा’ सार्बजनिक(भिडियो सहित)

वि.सं.२०७७ साउन २५ आइतवार

966 

shares

२५ साउन । काठमाडौं । बरिष्ठ गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत छम छम बजाउँदै चुरा को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करोडौं दर्शक तथा श्रोताको मन जित्न सफल बरिष्ठ गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन्। नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो ।

संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ।

वि.सं.२०७७ साउन २५ आइतवार १४:०६ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...