back
CTIZAN AD

ट्रम्पको अनौठो वक्तव्य, ‘बिडेनले जिते अमेरिका चिनियाँले कब्जा गर्छन्’

वि.सं.२०७७ साउन २८ बुधवार

783 

shares

काठमाडौं । अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावको सरगर्मी सुरु भएको छ । चुनावी सरगर्मी सुरु भएसँगै उम्मेदवारले आफुँलाई सफल र सक्षम देखाउन आक्रामक बयानबाजीहरु पनि दिन थालेका छन् ।

यसबीच चुनावी माहोल आफ्नो पक्षमा बनाउने प्रयासमा लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अनौठो भनाई सार्वजनिक गरेका छन् । अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा ट्रम्पले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धी जाे बिडेनले जितेमा अमेरिकीले चिनियाँ भाषा सिक्नेपर्ने दिन आउने अभिव्यक्ति दिएका छन् । उनले अमेरिका नै चिनियाँहरुको कब्जामा पर्ने कुरा बताए ।

चर्चित अमरिकी रेडियो होस्ट ह्यू हेबिटसँग कुराकानी गर्दै उनले भने, “यदि मैंले चुनाव जितिन भने चीनले अमेरिकामा शासन गर्नेछ । तपाईं सच्चाई जान्न चाहनुहुन्छ ? तपाईंले चीनको भाषा सिक्नुपर्नेछ ।”

सबैभन्दा बढि खतरा चीनबाट

ट्रम्पले राष्ट्रपतीय चुनावमा चीन र रुसलाई सामान्य रुपमा बुझ्न नहुने बताएका छन् । उनले चीनबाट सबैभन्दा बढि खतरा रहेको औंल्याए ।

ट्रम्पले भने, “यदि तपाई चीनबाट खतरा हुन्छ कि भनेर सोंच्नुभएको छ भने त्यो कुनै गलत कुरा होइन् तर, उनीहरुलाई म यति भन्न चाहन्छु कि हामी उनीहरुको हरेक हरकतमा नजर राखिरहेका छौं ।”

मेल इन ब्यालेट भोटिङ्गबाट ज्यादै खतरा रहेको कुरा ट्रम्पले औंल्याएका छन् । भोटिंङ्ग सिस्टममा रुस, चीन, ईरान र उत्तर अमेरिकाले पनि हस्तक्षेपकारी भूमिका खेल्न सक्ने भनाई ट्रम्पको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १३:४९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...