back
CTIZAN AD

अफगानिस्तानमा बम विस्फोटमा चार सर्वसाधारणको मृत्यु, छ जना घाइते

वि.सं.२०७७ साउन ३० शुक्रवार

723 

shares

३० साउन, काबुल । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।

सर्वसाधारणलाई नै लक्षित गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटो हिँडिरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो ।

सो बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ ।

यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि नौ जनाको ज्यान गएको थियो । एएनआई

वि.सं.२०७७ साउन ३० शुक्रवार ०९:३८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...